‘पलाँस’को ट्रेलर रिलिज, रेखा थापा कलगर्ल

फागुन, काठमाडौं । पछिल्लो समय नेपाली सिनेमाको गुणस्तरीयता ह्वात्तै बढेको छ भन्दा फरक पदैन् । हरेक सिनेमा निर्माण गर्दा सिनेकर्मि देखी निर्माता तथा निर्देशक सम्म उच्च स्तरीय सिनेमा निर्माण गर्न चाहान्छन् । पछिल्लो समय सिनेमाको कथाबस्तु देखी पात्रसम्मलाई न्याय दिन सक्ने थ्रिएटरका कलाकारहरुको प्रवेश संगै पुराना पुस्ताका कलाकारहरुमा पनि राम्रो र स्तरीय सिनेमाको राम्रै छाप परिसकेको छ ।

यसैबिचमा एक सम्भावना र चुनौति बोक्दै सिनेमा पलाँसको ट्रेलर सार्बजनिक भएको छ । रेखा थापा र अयुव केसी मुख्य भुमिकामा रहेका उक्त सिनेमामा रेखालाई फरक र दुई पात्रमा देखिन पाईने भएको छ । सिनेमाको ट्रेलर हेर्दा सिनेमामा रेखालाई शिक्षक संगै कल गर्लको रुपमा पनि देखिएको छ । त्यसोत सिनेमामा रेखा एक पावरफुल महिलाको रुपमा समेत देखिएको सिनेमाको ट्रेलर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ ।

सिनेमामा रेसम फिलीलीबाट एकाएक चर्चामा आएका कामेश्वर चौरासियाको पनि मुख्य भुमिकामा रहेका छन् । उत्कृष्ठ मेकिङ्ग रहेको उक्त सिनेमाको ट्रेलरलाई सस्पेन्स राखिएको छ । कुनै पात्रको नाम नखुलाईएको सिनेमाको ट्रेलरमा रेखाको दुई भुमिका हुने कुरा भने मज्जाले खुलाईएको छ । सायद निर्माण टिमले रेखालाई प्रोमोशनको माध्यम बनाएको हुनसक्छ । सिनेमाको ट्रेलर हेर्दा सुन्दर भएर पनि बासना नदिने फुल पलाँसलाई एक य्वतीसंग दांजेर सिनेमाको कथा प्रस्तुत गरिएको छ ।

सार्बजनिक भएको छोटो समयमै राम्रो प्रतिकृया पाईरहेको सिनेमा पलांसको ट्रेलरलाई दर्शकले खुबै रुचाएका छन् । सुवास कोईरालाको निर्देशनमा तयार भएको उक्त सिनेमालाई कृषा चौलागांईले निर्माण गरेकि हुन् । सिनेमा आउदो चैत १८ गतेबाट प्रदर्शन हुदैछ ।