सुगम र श्रेयाको ‘सपना देख्थें सधै’

फागुन, काठमाडौं । नेपाली सांगीततिक आकाशका तारा हुन् सुगम पोखरेल । सुगमले थुप्रै सुगम संगीतमा आवाज दिएका छन् । पछिल्लो समय उनले केही सिनेमामा समेत आफ्नो आवाज दिए । उनै सुगमको आवाजमा रहेको सपना देख्थें तिम्रो बोलको रोमान्टिक गीत सार्बजनिक भएको छ ।

एक समयकि चलेकि गायिका श्रेया सोताङ्ले यस गीतमा सुगमलाई साथ दिएकि छिन् । फरक संगीत र फरक शैलीको सार्बजनिक गीतले छोटो समयमा राम्रो दर्शकको साथ पाएको छ । तिमि गर या नगर संगीत गरेपछि केही सुस्ताएका संगीतकार जिवेश शेढाईको संगीत रहेको सार्बजनिक गीतलाई कामना अधिकारीले लेखेकि हुन् । तिमि गर या नगरबाट राम्रो सफलता पाएका संगीतकार जिवेश त्यस गीत पछि संगीतिक दुनियांबाट केही टाढा भएका थिए ।

युवा पुस्ता माझ केन्द्रित सार्बजनिक सपना देख्र्थे सधैको भिडियोलाई भने श्रीधर पौडेलले निर्देशन गरेका हुन् । हरी हुमागाईले खिचेका उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् । पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र भावना पुनले भिडियोमा अभिनय गरेका छन् ।