हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक

...

काठमाडौं । छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट सार्वजनिक गरिएको हो ।भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियानभन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको छैटौं संस्करणको अवार्डका लागि आवेदन आह्वान गरिएको थियो ।

यस संस्करणको अवार्ड आगामी साउन ३ गते (१९ जुलाई)मा सिक्किमको याङयाङमा विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट साधकलाई दीर्घ साधना सम्मान अर्पण गरिनेगीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । दीर्घ साधना र अन्य सम्मानको घोषणा पनि छिट्टै गरिने अध्यक्ष सुवदीले बताउनुभयो । यस्तै, बालप्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।

उत्कृष्ट गीतकार (आधुनिक)

प्रकाश सुवेदीनआइदे याद

डिपी खनालबुझे हुन्छ कुरा

एसके बम्जनजहाँ जहाँ तिमी

डाक्टर बिलोल पोखरेलचिरा चिरा भो

नारायण नेपालवरको छायाँले

वावुराम श्रेष्ठखोज्दानी आफूलाई भेटाउन सकिन

उत्कृष्ट सङ्गीतकार (आधुनिक)

कमल अधिकारीत्यो मिठो पल

राजकुमार बगरतिम्रो साथमा

दीपक शर्मापरेली परेली

हरि लम्सालजेल पनि सहुला

सिडी विजय अधिकारीचाहेर हुँदैन माया

उत्कृष्ट गायक (आधुनिक)

रोशन टमट्टामेरो मुटु जल्यो

सुरज श्रेष्ठमाया प्यारो भो

झलक विवशजमाना खराब छ

सुरेश लामात्यो मिठो पल

सौगातजंग थापामायाजाल मोहनी

उत्कृष्ट आधुनिक गीत गायिका

निता आचार्यताते ताते गर्दै

समिक्षा अधिकारीचाहेर हुँदैन माया

सारिका घिमिरेगुन भुल्यौ

पवित्रा गुरुङफाटेको मन

बविता भट्टराईबन्द गर्‍यौ तिमीले

उत्कृष्ट नव मोडल

कुन्दन गुप्तावनमारा

मोहित वि.. – कसम तिम्रो कसम

अपेक्षा सिंमुइयालाई देखेसी

आरती बुढाकाठमाडौं वस्याकी

गीता पन्थीमिठा मिठा मनका कुरा

उत्कृष्ट मोडल महिला (आधुनिक)

सुनिसा बजगाईंमेरो करिम

सृष्टि खड्कापरदेश

झरना रिसालछेउमा न आउ कान्छि तिमी

कविता न्यौपनेचाहेर हुँदैन माया

पूजा ठाकुरजानु त पर्छ एक दिन

उत्कृष्ट मोडल (पुरुष)

विनोद श्रेष्ठशोकाकुल

सञ्जित भण्डरीखडकाजीकी छोरी

राजन आलेमलाई नरुवाउ

वीरेन्द्र नौभाग्येकास्की तिरै घर छ

मुकेश गुरुङपरान

उत्कृष्ट मोडल लोक/पप (महिला)

अस्मिता जुरलीजुन छेउमा के हो र तारा

उषा सुवेदीम त तिम्रो होइन मायालु

रिना थापा मगरजाले रुमाल

गीता ढुंगानाएकै वित्ताको दुरी

अस्मिता पुरीसाइलो रन भूलमा छ

उत्कृष्ट युगल गायन

निशान भट्टराई/एलिना चौहानजुनै झार्छु

षडस सम्वाहाम्फे/रचना रिमालसिन्की अचार

अञ्जु पन्त/शिव शंगम राईएक्लो परानी

रन्जन राई/अनु चौधरीतिमी मेरो प्राण हौ

तारावीर पाण्डे/मिलन नेवाकस्तो फेशन

उत्कृष्ट सङ्गीतकार (लोकपप)

शंकर थापा स्माइलवुझे हुन्छ कुरा

राजेन्द्र बजगाईंखड्काजीकी छोरी

भीम विसीपाउजुको छम छम

उमेश मुस्कानयति ठूलो संसारमै

सुरेश रानामाया गर्ने जोडी

उत्कृष्ट लोकपप गायन (पुरुष)

छविन गुरुङमेरो प्यारो सिक्किम

प्रकाशजंग कार्कीहेर्दा हेर्दै

वादल थापामाया गर्ने जोडी

योगश काजीगागरी

मुकेश कटुवालथाह छ मलाई

लोकपप गायन (महिला)

मञ्जु लावतीलेकैमा फूलने लालि गुरास

सज्जा चौलागाईंखडकाजीकी छोरी

रेशमा पुनमायाका गीत

रोजिना वस्नेतमाया गर्ने जोडी

एलिना चौहानदोषी हैन

उत्कृष्ट छायाकार

अजय रेग्मीनआइदे याद

रुपेश थापानाच भाइ नाच

दीपक गिरीचाहेर हुँदैन माया

महेश महरासम्झिन्छु तिमीलाई पनि

उत्सव दाहालतिमी मेरो प्राण हौ

उत्कृष्ट निर्देशक

जनक सिंचाहेर हुँदैन माया

पूजा ठकुरीमेरो कोही छ

प्रविण थापाम त तिम्रो हैन मायालु

महेश्वर सम्वाहाम्फेजुनै झार्छ

कृष्ण रुपाखेतीह्दयकी रानी

उत्कृष्ट सम्पादक

अमृत चापागाईंपरदेश

विनोद बममायालुको सिउदो

मनोज कार्कीमाया मोह

विकाश दाहालऐना जस्तो हिमाल हेर्दा

कल्पेश विश्वकर्मापहिलो हाँसो पहिलो बोल

उत्कृष्ट कोरियोग्राफर

पुनम श्रेष्ठराधिका

पवित्रा आचार्यकम्मर झुकेझुला

सियोन श्रेष्ठसिक्का नोटैमा

रोशन वि.. – नाच नाच भाइ

सन्दीप भुजेललालुपाते फूल टिपेर

उत्कृष्ट भाषाभाषी

सुनिल नेपालीदेउडा (गायन) पिरिमका खेल

ईश्वर मगियानेवारी (गायन) छ तिसे नितोपना

सेरु बराइलीपूर्वेली (रचना) उडी जाने शास

मञ्जु थापापूर्वेली (गायन) लेकैमा फुल्ने लालीमा

प्रमोद डिजीदेउडा (गायन) रुप्स्या पातली

उत्कृष्ट लोकदोहोरी गायक/गायिका

इव्सल सन्ज्यालइति माया

जानुका तामाङआँखा लाएको

मिठाराम खत्रीललितपुरे दाइ

करुणा राईपरदेशीको दुखी जीवन

सुरज केसीगलवन्दीको छेउ

विनोद दनुवारउडीमा जाने सास

उत्कृष्ट श्रृंगार

अमृत मरहाट्ठाजहाँ जहाँ तिमी

सुभाष तिमिलसिनाजोवन सुइकेला

विक्रम गौतमए माया

नन्दा अधिकारीसिन्की अचार

सरिता मगरभेटन आउ है साझैमा