रेयर राई ‘कंगाल करोडपति’मा अनुबन्धित

...

काठमाडौँ। अभिनेता रेयर राई आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’मा अनुबन्धित भएका छन्। निर्माणपक्षले उनलाई यसै महिना फिल्मका लागि अनुबन्ध गरेको हो।

फिल्ममा यसअघि मुख्य भूमिकामा अभिनेता मुकुन भुषाल र सलिना तामाङ अनुबन्धित भइसकेका छन् ।

राजु श्रेष्ठको निर्देशन रहने फिल्म ‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। फिल्ममा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा सह(निर्माताका रूपमा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेका छन्।

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माणपक्षका अनुसार हाल छायांकनका लागि विभिन्न स्थानको लोकेशन रेकी भइरहेको छ। साथै, केही कलाकार छायांकन हुने क्षेत्रबाटै चयन गरिने तयारी रहेको जनाइएको छ।

निर्माण टोलीले फिल्मका अन्य कलाकार तथा छायांकनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गर्ने जनाएको छ।