‘जालो’ डबिङ अन्तिम चरणमा

फागुन, काठमाडौं । चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ को डविङ कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार अबको एक साताभित्र डविङको सबै काम सकिनेछ । आइतबार कलाकार निर शाह र मेनुका प्रधानको डविङ सकिएको चलचित्रका निर्देशक अराजकेशव गिरीले जानकारी दिए । ‘दुवै चलचित्रको सँगसँगै डविङ गरेकाले लामो समय लागेको हो ।’, निर्देशक गिरीले बताए ।

मोहित मुनालको निर्माण चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकै टेकमा खिचिएको चलचित्र हो । एक टेकमा चार घण्टा लामो दुई वटा चलचित्र खिचेर गिनिज बुकमा विश्वकै लामो वान टेक मुभीको रेकर्ड बनाउने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो । निर्देशक गिरीले चलचित्र रेकर्डका लागि निर्माण गरिए पनि चलचित्र पूर्ण व्यवसायिक भएको बताएका छन् । चलचित्रमा निर शाह र मेनुका प्रधानसँगै अनुपविक्रम शाही, रेमन्डदास श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘जालो’ जेठ १९ गते रिलिज गर्ने तयारी गरिएको निर्देशक गिरीले बताए । ‘जालो’ रिलिज भएको करिब ६ महिना पछि यसको सिक्वेल प्रदर्शन गर्ने तयारी गरिएको उनले बताए ।