फागुन, काठमाडौं । लामो समयदेखी चलचित्र क्षेत्रमा सक्रिए आर्टिस्ट दीपक क्षेत्रीको नलीमामासु पलाए पछि अहिले उनले स्वर गुमाएका छन् । उनलाई स्वरले साथ नदिएपनि अभिनयमा भने सक्रिए छन् । अब यी अभिनेताको स्वर फिर्ता गराउन पहल सुरु भएको छ । चलचित्र 'राज्जा रानी'बाट यो अभियान शुरु गरीएको हो ।

'राज्जा रानी'का निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोलेर जम्मा गर्ने घोषणा गरेपछि कलाकार र प्राविधिकले पनि सहयोगी हात बढाएका छन् । अहिलेसम्म दीपकको लागी राज्जारानीको तर्फबाट २ लाख २१ हजार संकलन भएको बताइएको छ ।

शनिबार राती १० बजे नेपालगंजमा भइरहेको छायांकन सेटमा अभिनेता क्षेत्रीकालागि युनिटले सरप्राइज जन्मदिन पार्टी आयोजना गरेको थियो जहाँ निर्माता पौडेलले स्वर फिर्ता गराएर छाड्ने वचन व्यक्त गरे । शल्यक्रियालाई लागि झन्डै ५ लाखचाहिने क्षेत्रीले बताए ।

अभिनय करियरमा पहिलो पटक छायांकन सेटमा जन्मदिन मनाएका हुन् । राज्जा रानीको तर्फबाट अभिनेत्री–केकीअधिकारी (२५ हजार), अभिनेता– नाजिर हुसेन (२५ हजार), छायांकार– पुरुषोत्तम प्रधान (१० हजार), मेकअप– सरल बुढाथोकी (५ हजार), निर्देशक– यम थापा (१० हजार), भान्सा– हरि थापा (५ हजार) ले सहयोग घोषणा गरेका छन् ।

अहिले नेपालगंजको रनियापुर, बानियाँगाउँ, नेपालगंजबजार, जमुनिया लगायतका थलोमा फिल्म छायांकन भैरहेको छ ।