प्रियंका र आयुष्मानलाई लिएर ‘कथा काठमाण्डु’ बन्ने

गोपिकृष्ण चापागाई / फागुन, काठमाडौं । काठमाडौं भित्रका कथाहरुलाई समेटेर चलचित्र ‘कथा काठमाण्डु’ बन्ने भएको छ । चलचित्रमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोसी मुख्य भुमिकामा रहनेछन् । साथमा प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्क्षा अधिकारीको मुख्य भुमिका रहने निर्माण टिमले जनाएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बिच घोषणा गरीएको यो चलचित्र आउँदो बुधबारबाट छायांकन सुरु हुने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । साथै कार्यक्रममा बोल्दै राईले चलचित्रलाई शुभकामना पनि दिएका थिए । सधै कार्यक्रम उद्घाटन गर्दा एउटा मात्र पानसमा बत्ति बालेको तर यस कार्यक्रममा दुईवटा बत्ति बाल्न पाएको भन्दै चलचित्रले राम्रो शुरुवात गरेको र राम्रो बनाउन निर्माण टिमलाई शुभकामना दिएका थिए । राईले पछिल्लो समय धेरै चलचित्र बन्नेक्रम बढेको र गुणस्तरीय चलचित्रमा निर्माणपक्षले ध्यान दिएकोले पनि चलचित्रक्षेत्र राम्रो हुँदै गएको बताए ।

साथै उनले चलचित्र बनाउने जोकोहिलाई चलचित्रको गुणस्तरलाई ध्यान दिने हो भने चलचित्रलाई दर्शकले त्यसै मन पराउने भन्दै गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा चलचित्रका कलाकारहरुले पालैपालो आँफुहरुको यस चलचित्रप्रतिको अपेक्षा र भनाईहरु सुनाएका थिए । चलचित्रमा विज्ञान गजुरेल, सरोज श्रेष्ठ, अस्मिता लामिछाने लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

आहाना फिल्मस्को ब्यानरमा बन्ने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गर्दैछिन् । साथै कथा पनि संगीताकै रहनेछ । चलचित्रमा बिजय राईले लगानी गर्दैछन् भने लुज सिंहको सिनेमाटोग्राफि रहनेछ ।