‘रुट नम्बर २३’ मा नम्रता र सौगातको जोडी

फागुन, काठमाडौं । चलचित्र ‘रुट नम्बर २३’ मा नायिका नम्रता श्रेष्ठ र नायक सौगात मल्लको जोडीलाई देख्न पाइने भएको छ । यो जोडि एकसाथ पर्दामा रहने फाईनल घोषणा चलचित्र युनिटले केहि दिनअघिको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

रंग पत्रकार समिर बलामीले निर्देशन गर्ने यो चलचित्र आउँदो बैशाखबाट छायांकनमा जाने बताइएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार, नम्रतासँग मौखिक संझौता भैसकेको छ । तर, उनीसँग लिखित संझौता भने भएको छैन । । चलचित्रमा अर्जुन पोखरेलको संगीत, चन्द्र पन्तको एक्सन रहने फाइनल भएको छ ।

चलचित्रमा वुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लगायतका कलाकारले पनि काम गर्नेछन् । चलचित्रका निर्माता विकास श्रेष्ठ र दीपेन्द्र शाक्य हुन् । कार्यकारी निर्मातामा भने राजेन्द्र प्रसाद त्रिपाठी छन् । यो चलचित्रको छायांकन काठमाण्डौ, पोखरा र हिमाली भेगमा हुने बताइएको छ ।

पुरुषोत्तम प्रधानले खिच्ने यो चलचित्रको बजेट १ करोड ५० लाख बताइएको छ ।