‘कथा काठमाण्डु’ बाट प्रियंका र आयुष्मानको कस्तो अपेक्षा ?

गोपिकृष्ण चापागाई/ फागुन, काठमाडौं । सोमबार राजधानीको ब्लुवर्ड मलमा एक कार्यक्रमका बिच घोषणा गरीएको ‘कथा काठमाण्डु’ चलचित्रका मुख्य आर्टिस्टहरु निकै उत्साहित देखिन्थे । कार्यक्रममा उद्घोषिकाले क्रमैसँग आर्टिस्टहरुलाई बोलाउँदा अगाडि पुगेका मुख्य आर्टिस्टहरुले चलचित्रको बारेमा आँफुलाई लागेका केहि कुरा सुनाएका थिए । संगीता श्रेष्ठको कथा र निर्देशनमा तयार हुने यो चलचित्रमा बिजय राईले लगानी गर्दैछन् । चलचित्रमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज जोशी, प्रमोद अग्रवाल, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको मुख्य भुमिका रहने बताइएको छ । यो चलचित्रबाट के अपेक्षा राख्नु भएको छ भन्ने प्रश्नमा चलचित्रका मुख्य आर्टिस्ट अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी के भन्छन् त ?

प्रियंका कार्कीः फरक पाउनुहुनेछ

कथा काठमाण्डु भन्ने बित्तिकै टाईटलले पनि बोलेको छ काठमाडौं भित्रका गतिबिधिहरुलाई समेटिएको छ । संगीता दिदिलाई मैले धेरै पहिला देखी चिन्छु । संगीता दिदिको मेहनतलाई राम्रोसँग बुझेकी पनि छु त्यसकारणले पनि चलचित्र राम्रो बन्छ ढुक्क छु ।

अहिले चलचित्रमा धेरै आर्टिस्ट देख्दा कस्तोहोला भन्ने कौतुहोल्ता हुनसक्छ तर स्क्रिष्टमा निकै सहज तरीकाले अभिनयमा आर्टिस्टलाई ल्याइएको छ त्यसैले दर्शकले निकै मनपराउनुहुनेछ । दर्शकले चलचित्रभित्र फरक पाउनुहुनेछ जुन अहिले हेरीरहनुभएका चलचित्र छन् ।

आयुष्मान देशराज जोशीः कुनै अपेक्षा राख्दिन

संगीता दिदिले मलाई स्क्रिष्ट सुनाउनुभयो र मलाई स्क्रिष्ट सुन्ने बित्तिकै यो क्यारेक्टर निभाउन पाए हुँन्थ्यो भन्ने भयो र दिदिलाई हुन्छ भनेको हुँ । धेरै चलचित्रहरुको अफर रिजेक्ट गरेँँ तर यसमा भएको जुन क्यारेक्टर छ त्यसमा अभिनय गर्न मलाई च्यालेन्ज हुनेछ भनेरै मैले गर्न खोजेको हुँ ।

चलचित्रको अपेक्षाको कुरा गर्दा मैले अपेक्षा त अहिलेसम्म कुनै पनि कुरामा राख्दिन । काम राम्रो गर्नुपर्छ भन्ने मेरो मान्यता हो फल त राम्रै आउँछ । त्यसैले जे हो चलचित्र राम्रो बन्नेछ त्यसमा ढुक्क छु ।