सचितको कृति ‘माङखिम’लाई ”रत्न बान्तवा वाङ्मय पुरस्कार”

फागुन,काठमाडौं।सहिद रत्नकुमार बान्तवाको नाममा स्थापित रत्न बान्तवा वाङ्मय पुरस्कार  पहिलो पटक पत्रकार तथा लेखक सचित राईद्वारा लिखित निबन्धात्मक कृति ‘माङखिम’लाई प्रदान गरिने भएको छ ।हालै सहिद रत्न–बम प्रतिष्ठानका अध्यक्षसमेत रहेका खोज–अनुसन्धानकर्ता डा.देवी क्षेत्री दुलालले यस कृतिलाई  ५ हजार रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिएका छन्।

२००८ साल चैत २७ मा इलामको चमैतामा जन्मिएका बान्तवा पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा २७ वर्षको उमेरमा इभाङमा प्रहरीद्वारा मारिएका थिए ।यस कृतिमा सहिद बान्तवाको विषयमा ‘त्यस बेलाका रत्न’ शीर्षकको आलेख पनि समेटिएको छ ।

पुष्पा लोहोरुङ प्रकाशक रहेको ‘माङखिम’मा इलाम जिल्ला र त्यहाँका प्रतिभाको सामाजिक तथा राजनीतिक योगदानलाई उजागर गर्न खोजिएको दुलालले बताएका छन्। साथै उनले अनुसन्धानमूलक, यात्रात्मक र अनुभूतिजन्य आलेख समेटिएको यस कृतिले निकै नै महत्व बोकेको जनाएका छन्। दुलालका अनुसार वैशाख ९ गते राजधानीमा एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नेपाली समाजको लागि केन्द्रीय विषयवस्तु रहेको बताउदै दुलालले  कृतिले पाठकको मन जित्ने जनाएका छन्।