हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा ब्यस्त

...

<p><b>फागुन, काठमाडौं ।</b> गत बुधबार नेपाल आएका हलिउड अभिनेता जेट ली यतिखेर भ्रमणमै ब्यस्त छन् । अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगँ भेटघाट गरेका छन् । उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसँग भेटघाट गरेका थिए । व्यत्तिmगत घुमघाममा नेपाल आएका अभिनेता लीको भ्रमण गोप्य राखिएको छ।</p><p>नेपाल भ्रमण अन्तर्गत उनी सेतो गुम्बा र स्वयम्भू घुमघाम गरिरहेको फोटो सामाजिक संन्जालमा आएका छन् । सन् २००७ मा माल्दिप्समा आएको सुनामीमा घायल भएपछि उनले सुरू गरेको ुद वान फ़ाउन्डेसनु नामक च्यारिटी संस्थाले रेडक्रससँग सहकार्य गरेर प्रकोप व्यवस्थापनसम्बन्धी जनचेतनात्मक काम गरिरहेको छ । उनी अन्तराष्ट्रिय रेडक्रसका पहिलो सद्भावनादूत हुन्।</p><p>अभिनेता लीले 'द एक्स्पान्डेबल्स', 'मकं किंग','द फर्बिटन किंगडम', 'हिरोु' 'रोमियो मस्ट डाई', 'फेयरलेस','किस अफ द ड्राईगन' र 'द वार्लड्स' लगायत फिल्ममा अभिनय गरिसकेका छन् ।</p>