चलचित्र पत्रकार संघको अध्यक्षमा सन्दिप सापकोटा निर्वाचित

फागुन, काठमाडौं  । चलचित्र पत्रकार संघको सातौं महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न महाधिबेशनबाट संघले सन्दीपको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्षका प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतले हराउदै सापकोटा अध्यक्षमा चुनिएका हुन् ।

त्यसैगरी ३ उपाध्यक्षमा महिलातर्फ गीता अधिकारी विजयी भइन भने कार्यक्रमतर्फ श्याम अर्याल निर्वाचित हुँदा दिनेश सिटौला संगठन उपाध्यक्षमा निर्विरोध भए । महासचिव पदमा अनिल यादव, सचिवमा बैकुन्ठ पराजुली, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश कुवेर डंगोल र जीवन पराजुली भित्रिए । समावेशी सचिवमा भने समिर बलामी छानिए ।

त्यस्तै निर्वाचनबाट सदस्यमा बर्ष बस्नेतले अध्यधिक मत ल्याई बिजयी भइन् भने उत्सव रसाइली, कृष्ण भट्टराइ, बाबु सुरेश, विकास लामिछाने, मनिष कार्की, सन्तोष थापा पनि सदस्यमा निर्वाचीत भए । सदस्य तर्फ त्यस्तै महिला सदस्यमा दीपज्योती र समावेशी सदस्यमा विशाल राई निर्विरोध चयन भए ।

त्यसैगरी केन्द्रीय पार्षदका लागि भने डब्बु क्षेत्री, राजन घिमिरे, शान्तिप्रिय, विदुर गिरी, सुब्रत आचार्य, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णु सुवेदी, नेमिष गौतम मत ल्याएर विजयी भए ।

त्यस्तै महिला पार्षदमा स्वस्तिका चिलुवाल, रश्मी थापा, जयन सुब्बा मानन्धर छानिए । प्रदेश तर्फ भने विजयरत्न तुलाधर, राजन दाहाल, मनोज केसी, सुरज पौडेल, अमृत पुडासैनी, राजेश खनाल, राजेन्द्र पुडासैनी, रघुनाथ सापकोटा, मन्जु गैरे, सन्ध्या थापा, योजना पुरी, पुष्पा थपलिया, चिरञ्जीवी सापकोटा, अनिल थापा, सुरज खड्का, नवराज ढुंगेल चयन भए ।

महाधिवेशनको समापन कार्यक्रममा बोल्दै अध्यक्ष सन्दिपले चलचित्र पत्रकारीताका बिृकतीहरुलाई हटाउनेकुरामा जोड दिए । लामो समय देखी चलचित्र पत्रकारीतामा सक्रिए सन्दिपले आँफुमाथि जिम्मेवारी बढेको भन्दै मर्यादित रंगपत्रकारीतालाई अगाडि बढाउने बताए । सन्दिपले पत्रकारहरुको औषधिपोचार, पत्रकार सहकारी गठन, फिल्म फेस्टिभल गठन लगायतका एजेन्डा अघि सारेका छन् ।