सलमानलाई फेरि तनाव

...

<p><b>फागुन, काठमाडौं ।</b> बलिउड अभिनेता सलमान खान बेलाबेलामा विवादमा आइरहन्छन् । उनको लामो समयदेखिको कालो हरिणको काण्डले छोड्न सकेको छैन । उनलाई हालै जोधपुको सेशन कोर्टले कालो हरिण शिकार मामिलामा निर्दोष प्रमाणित गरेको थियो । ‘आम्र्स एक्ट’ मा उनी पहिले नै निर्दोष सावित भइसकेका थिए । केही प्राविधिक कठिनाइका कारण सलमान खानमाथि गलत आरोप लागेको कोर्टको भनाइ थियो । तर, अब राजस्थान सरकारले आफैं यो निर्णयको विरुद्ध उच्च अदालतमा अपिल गरेको छ ।&nbsp;</p><p>यो भन्दा अघि ‘हिट एण्ड रन केस’ मा पनि महाराष्ट्र सरकारले सलमानको पक्षमा गरिएको निर्णयविरुद्धमा अपिल गरिसकेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् । हालै यो मामिलामा विना काकको संलग्नताको आशंका गरिएको छ । काकले सलमान खानको चलचित्र ‘मैंने प्यार क्यूं किया’ बाट बलिउडमा इन्ट्री गरेकी थिइन् । यसभन्दा अघि उनी राजस्थानमा अशोक गहलोत सरकारको वनमन्त्री थिइन् ।</p><p>यहीँबाटै सलमान र बिना काकको सम्बन्ध देखिन्छ । काकको बंग्लोमा सलमान खानको आउजाउ थियो । उनका पार्टीहरू पनि चर्चित हुन्थे । स्थानीयको गाइँगुइँ हल्लामा चलचित्र ‘हम साथ साथ हैं’ का समयमा सलमानले कैयौं पटक आफ्नो शिकारको शोख पूरा गरेका थिए ।</p><p>(एजेन्सी ।&nbsp;</p>