टेलिभिजनमा फर्किए हर्के हल्दार, ‘कमेडी बाज’मा निरन्तर देखिने

...

काठमाडौँ । लामो समय हर्के हल्दारको परिचय बनाएका स्थापित कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत कमब्याक गरेका हुन् । पछिल्लो समय कुनै पनि कार्यक्रममा नेदेखिएका बिष्णु अब कमेडी बाजमा निरन्तर देखिने भएका हुन् ।

हरेक आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उनी पर्फमरको रुपमा देखिदैछन् अर्थात उनले हरेक साता कमेडी प्रस्तुती दिनेछन् । उनी आफ्नो परिचीत पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुती दिनेछन् । आउँदो आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागबाट उनी देखिदैछन् । जुन भागमा सुशिल नेपाल, प्रताप दास, सिडी बिजय अधिकारी र श्यामराना गेष्टको रुपमा कार्यक्रममा पुगेका छन् ।

कमेडी बाजका निर्माता, निर्देशक तथा सन्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ । उनले भनेका छन्, ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार, त्यसैले दाईलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौं, आशा छ दर्शकले उहाँको प्रस्तुतीबाट भरपुर मनोरन्जन लिनुहुन्छ ।’

bishnu sapkota, harke haldar come back on comedy baaz

कलाकार बिष्णु सापकोटा बिगत लामो समयदेखी हर्के हल्दार सिरियलमा काम गर्दै आएका थिए । तर पछिल्लो चारबर्ष यता उनी उक्त सिरियलबाट बाहिरिएका छन् । यद्यपी सिरियलभने प्रसारण भइरहेको छ ।

सुन्दरका अनुसार कमेडी बाजको फम्याटमा केहि परिवर्तन गरिएको छ । यसअघि ब्याटल गरिबाट चलेकोमा अब त्यो शैली नहुने र नितान्त मनोरन्ज र केहि प्रस्तुतीहरु थपिएको बताइएको छ । शोमा सुन्दरसँगै आरती थापा होस्टको रुपमा रहेका छन् । शोको बिकाश धमला सहायक निर्देशक हुन् भने लेखन सुन्दर र सन्देश देवकोटाले गर्दै आएका छन् । शोलाई अमृत सुनुवारको टिमले खिच्दै आएको छ ।