आजबाट ‘दर्पण छायाँ’–२’ प्रदर्शनमा

...

<p><b>फागुन, काठमाडौं ।</b> तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ’– २’ आजबाट प्रदर्शनमा आएको छ । ‘दपर्ण छायाँ’ को सिक्वेल भनेर निर्माण गरिएको यो चलचित्रमा तुलसीले नयाँ कलाकारलाई ल्याएका छन् । &nbsp;‘दपर्ण छायाँ’ का कलाकारहरूलाई सिक्वेलमा देख्न पाइने छैन । अभिनेता दिलीप रायमाझी र उत्तम प्रदान जस्ता कलाकार ‘दपर्ण छायाँ’ थिए । तर अहिले सिक्वेलमा भने पुष्पल खड्का, सारा, श्रद्धा प्रसाईंलाई भित्राएका छन् ।&nbsp;</p><p>कलाकारभन्दा चलचित्रको कथा तथा निर्माणको गुणस्तरमा ध्यान दिने तुलसीले यसपटक पनि ‘दर्पण छायाँ’– २’ लाई दर्शकले मन पराउनेमा आशावादी छन् । ‘दर्पण छायाँ २’ साहारा प्रोडक्सनको पहिलो प्रस्तुतिमा साबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् । चलचित्रमा यी तिन कलाकारको अलवा शेरबहादुर गुरुङ, जीवन आचार्य, सुमन घिमिरे, तुफान घले, रोशी केसी, सरिना पौडेललगायतको अभिनय रहेको छ ।</p><div><br></div>