‘लोकल हिरो’मा अरुण क्षेत्री मुख्य भूमिकामा अनुबन्ध

...

काठमाडौं । अनन्या फिल्मस् प्रालिको ब्यानरमा नयाँ नेपाली चलचित्रलोकल हिरोनिर्माण हुने भएको छ। चलचित्रको प्रमुख भूमिकाका लागि अभिनेता अरुण क्षेत्री अनुबन्धित भएका छन्। निर्माता सरोज न्यौपाने र क्षेत्रीबीच हालै सम्झौता भएको हो।

हाल प्रदर्शनरत ब्लकबस्टर चलचित्रगौथलीका मुख्य अभिनेता क्षेत्रीलेलोकल हिरोमा शीर्ष भूमिका निर्वाह गर्नेछन्। चलचित्र निर्माणमा निर्माता न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन्।

जेरी अन टपनिर्माण गरेको टिमले नैलोकल हिरोनिर्माण गर्न लागेको हो। चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट भने भइरहेको छ। निर्माण पक्षले आगामी दिनमा उनीहरूको नाम सार्वजनिक गर्ने जनाएको छ।

लोकल हिरोले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्ने निर्माता न्यौपानेले बताए। उनका अनुसार चलचित्र केही वर्षअघि नै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको थियो। अब निर्माणका लागि उपयुक्त समय भएकाले काम अघि बढाइएको हो।

अनन्या फिल्मस् प्रालिको ब्यानरमालोकल हिरो’, ‘जेरी : द लास्ट क्लाइम्बटिकागरी तीन चलचित्र निर्माणको तयारीमा छन्।