काठमाडौंमा थपियो नयाँ मल्टिप्लेक्स

...

<p><b>फागुन, काठमाडौं। </b>आजबाट गोंगबुस्थित बिजी मलमा अवस्थित थिएटर संचालनमा आएको छ्। वरिष्ठ निर्देशक अभिनेता निर शाहले विहिवार आयोजित कार्यक्रममा सिनेमा हल बिएसआरको शुभारम्भ गरेका छन्। ''फिल द थ्रील, फिल एभ्री डायमेन्सन''को नाराका साथ संचालनमा आएको यस मल्टिप्लेक्समा १ सय ५० र १ सय ४० गरी दुई अडोटेरियम रहेका छन्। साथै मल्टिप्लेक्स नेपालकै पहिलोपटक अटमस ध्वनी प्रविधि जडान गरेर संचालनमा ल्याइएको छ।</p><p>बिजी मलको संचालक समेत रहेका मुभिज अध्यक्ष राजु गिरीले दर्शकहरुले सुविधासम्पन्न प्रविधिमा सिनेमाको मज्जा लिन पाउने बताएका छन्। मल्टिप्लेक्स बिजी मलको पाँचौ र छैठौ तलामा संचालित भएको छ। &nbsp;</p>