भावना आचार्य र बद्री पंगेनीको स्वरमा तीज गीत ‘सर्लक्कै’ सार्वजनिक

...

काठमाडौँ । गायिका भावना आचार्यको यसबर्ष लक्षित तीजगीत सर्लक्कै सार्वजनिक गरिएको छ । गीतमा भावनासँगै लोकप्रिय गायक बद्री पंगेनीको स्वर छ । गीतमा शब्द गायिका भावनाकै छ भने संगीत दिपक शर्माले गरेका छन् । मिक्सिङ गर्ने काम श्यामश्वेत रसाइलीले गरेका हुन् ।

अभिषेक वाग्लेले निर्देशन गरेको भिडियोमा गायिका भावना आफै देखिएकी छिन् । उनको साथमा मोडल पुजन घिमिरे र सुरेश डिओलको नृत्य देख्न सकिन्छ । ओम प्रकाश अवस्तीले भिडियोको सिनेमाटोग्राफी र सम्पादन गरेका हुन् ।