विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन

...

काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्ररत्यौलीको छायांकन सुरु भएको छ । निर्माण टिमले आज बिहान पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन थालनी गरेको हो ।

छायांकनको पहिलो चरणअन्तर्गत चलचित्रका केही दृश्य काठमाडौंमा खिचिनेछ । काठमाडौंमा दुई दिन छायांकन गरेपछि निर्माण टिम दोलखाको जिरी प्रस्थान गर्नेछ । जिरीमा करिब एक महिना चलचित्रको छायांकन हुने निर्माण पक्षले जनाएको छ ।

नायिका पूजा शर्माको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा छन् । उनीहरूसँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाईं र उत्तम हुमागाईंको छायांकन रहने चलचित्रमा सुनिल निउरे मुख्य सहायक निर्देशक छन् । दीपेन्द्र गौतममाइकलप्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् ।

चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य केन्द्रमा राखिएकोरत्यौलीलाई निर्माण पक्षले सामाजिक तथा सांस्कृतिक विषयमा आधारित चलचित्रका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

चलचित्र आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने यसअघि नै घोषणा भइसकेको छ ।