निरुको ‘माईतीको आँगन’मा झरना र दिप्साको नृत्य

...

काठमाडौं । हरितालिका तीज नजिकिदै गर्दा तीज लक्षित गीत सार्वजनिक भइरहेका छन् । यसैबिच नयाँ तीज गीत ‘माईतीको आँगन’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा मोडल झरना रिसाल र दिप्सा कार्कीले बिछोडिएकी आमाको सम्झनामा समर्पित अभिनय गरिरहेका छन् । गीतले छोरी र आमाबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ।

गीतमा बाबुको अनुपस्थितिमा एकल आमाले दुःख गरेर छोरी हुर्काएको कथा समेटिएको छ। वर्षौंदेखि आमालाई भेट्न नपाएकी छोरीले माइतीको आँगन र आमाको सम्झनामा व्यक्त गरेको पीडालाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

यो गीत गायिका निर्मला घिमिरे (निरू)को हो । सुमन पण्डितको शब्द तथा संगीत रहेको गीतमा अशेष अधिकारी संगीत निर्माता र रमेश सेन्चुरी संगीत संयोजकका रूपमा छन्।

वरिष्ठ नृत्य निर्देशक कमल राईको निर्देशनमा तयार भएको गीतको भिडियोलाई शिव ढकालले छायांकन र सम्पादन रामप्रसाद चौधरीले गरेका छन् । यस्तै रंग संयोजन रेनिश फागोले गरेका हुन्।

भिडियोका निर्माता रंग पौडेल, कार्यकारी निर्माता गोपाल कटुवाल र सह(निर्माता सिजन रोकाया हुन्।