यसपालीको होली नविनसँग खेल्न पाइने

फागुन, काठमाडौँ । यसपालीको होली पर्व चर्चित गायक नविन के भट्टराईसँग मनाउन पाइने भएको छ । फलो फोकसले राजधानीको नक्सालमा होली पर्वको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कलर कार्निभल सिजन २ नाम दिइएको उक्त कार्यक्रममा भट्टराईसहित सन्देश श्रेष्ठ र एन्जिला रेग्मीको प्रस्तुती हेर्न पाइनेछ । त्यस्तै डिजे नेवाको संगीत दर्शकले मनोरञ्जन लिन पाउनेछन् । कार्यक्रमको सञ्चालकका रुपमा चर्चित रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोला निकिता आचार्य र निशा पाठक देखिने छन् । कार्यक्रम नक्लासको बैंक्वेटमा बिहान १० बजेदेखि शुरु हुने आयोजकले बताएका छन् । कार्यक्रम आयोजकका अनुसार कार्यक्रममा विभिन्न खेलहरु पनि खेलाइनेछ ।