दुई महिने सांगितीक कार्यक्रमका लागी युरोप टुरमा निस्किए चेतन

फागुन, काठमाडौं । गायक चेतन सापकोटा युरोपका बिभिन्न देशहरुमा हुने सांगितीक कार्यक्रमका लागी टुरमा निस्किएका छन् । गएको बिहिबार बेल्जियम पुगेका चेतन दुई महिना पछि नेपाल फर्कने बताएका छन् । एन.पि.पि.एफ. बेल्जियमको आयोजनामा हुने सांगितीक कार्यक्रममा चेतनको साथमा लोक तथा दोहोरी गायक नविन खड्का पनि रहेका छन् ।

दुई महिनाको अवधीमा स्वीजरल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, जर्मनी, डेनमार्क, इटली लगायतका देशहरुमा म्युजीकल कार्यक्रम हुने चेतनले आर्टिस्ट खबरलाई जानकारी दिए । चेतनका अनुसार कार्यक्रममा चेतन एकल साँझ पनि हुने छ । आईतबार पोर्चगुलबाट शुरु हुने सांगितीक कार्यक्रम इटलीमा गएर सकिनेछ ।

गायक चेतन बिगत तिनदशक देखी गायन क्षेत्रमा सक्रिए छन् । उनका ‘मात लाग्यो मात लाग्यो’, ‘ठुंदे’, ‘मागेर पाउने भए म’, ‘भन भन आईलभयु’, ‘के भयो भयो तिमीलाई देखेपछि' लगायतका गीतहरु चर्चित छन् ।