असार, काठमाडौं । गायक प्रकाश कटुवालले पछिल्लो समय चर्चा कमाउँदै आएका छन् । लोक गितमा हाँस्य कमेडीलाई मिसाएर दर्शकमाझ फरक तरिकाले प्रस्तुत हुँदै आएका गायक प्रकाश यतिखेर पुनः अर्को गित निकालेर चर्चा कमाईरहेका छन् । गायक कटुवालले हालै मुख छोप्छौं लाजले बोलका लोकगित सार्वजनिक गरेका छन् । गएको शनिबार युट्युवमा सार्वजनिक भएको सो गितले दर्शकको मन जित्दै अगाडि बढेको देख्न पाईन्छ ।
गीतमा प्रकाश कटुवालको साथमा सरिता कार्कीको स्वर रहेको छ । गितमा बिनोद ढकालको शब्द भरेका छन् भने सागर बिरहीको संगीत छ । भिडियोमा नायिका सुष्मा कार्की, हाँस्य कलाकार शिबहरि पौडेल र नृत्य निर्देशक शंकर बिसीले अभिनय गरेका छन् ।
यस अघिका गायक प्रकाश कटुवालका ‘कनाइदेउन् बाई‘, ‘रक्सीको गन्ध‘,,’सिरानी टांङ मुनि‘’‘चोर बिरालो पल्क्यो हिट गित हुन् ।
गितमा समावेश शब्द
हिड्छ्यौ तिमी दुई दुक्रा लुगा लाई,
गुड लाउननी पुग्दैन सुँगालाई
यो नानी गाजले, जति हेर्यो झन् राम्रो यो नानी गाजले,
छोप्न पर्ने ठाउँ छोप्दिनौं मुख छोप्छ्यौ लाजले ।