पर्दा भित्र होली खेल्ने चाहाना पुरा भयो— प्रियंका कार्की

फागुन, काठमाडौं । आज यसबर्षको होली पर्व मनाइदैछ । रङहरुको पर्वको रुपमा लिइने यस पर्वमा बिभिन्न रङहरु एक अर्कामा लगाएर मनाइने गरीन्छ । आज देशैभरीका पहाडि भेग र भोली सोमबार तराई भेगमा मनाइदैछ ।

यस्तैक्रममा नेपाली आर्टिस्टहरुले पनि बिभिन्न कार्यक्रम गर्दै आज होली मनाउँदै छन् । पछिल्लो समयकी चर्चित तथा ब्यस्त नायिका प्रियंका कार्कीले गएका बर्षहरुमा होली मनाइरहँदा पर्दा भित्रपनि होली खेल्ने चाहाना भएको बताएकी थिइन् । तर यसबर्ष भने उनको पर्दा भित्र होली खेल्ने चाहाना पुरा भएको छ ।

गएको बर्ष आर्टिस्ट खबरसँग कुरा गर्दै प्रियंकाले आँफुले बर्षौदेखी पर्दा बाहिर बिभिन्न साथीभाईहरु सँग होली खेल्दै आएको र पर्दा भित्र खेल्न नपाएकोले चाहाना भएको बताएकी थिइन् । चलचित्र क्षेत्रमा अभिनय गर्न लागेको ५ बर्ष पछि उनको पर्दाभित्रको होली खेल्ने चाहाना पुरा भएको हो ।

यसबर्ष भने प्रियंकाले चलचित्र ‘बटरफ्लाई’ भित्र होली खेलेकी छिन् । ओमप्रतिकले बनाएको यो चलचत्रिमा प्रियंकाले नायक आर्यन अधिकारीसँग होली मस्ती गरेकी छिन् । सोहि कुरा केहि दिन अघिमात्र सार्वजनिक ‘बटरफ्लाई’को एक ‘होली रे’ बोलको गीतमा देखिन्छ ।

रङसँग खेल्न निकै मनपर्छ

अभिनेत्री प्रियंकाले आँफुलाई रङसँग खेल्न निकै मन परेको बताउँछिन् । प्रत्येकबर्ष साथीभाईहरुसँग होली खेल्ने गरेको बताउने प्रियंकाले आँफुलाई बिभिन्न फरकफरक रङसँग होली खेल्न मन पर्ने बताउँछिन् । साथै उनले होलीको दिन आँफुलाई धेरै ठाउँमा जान मन पर्ने पनि बताउँछिन् । ‘होलीको दिन धेरै ठाउँमा कार्यक्रमहरु हुन्छिन्, साथीभाईले बोलाउनुपनि हुन्छ, सकेसम्म भ्याएसम्म बोलाएको धेरै ठाउँमा पुग्छु’ , प्रियंका भन्छिन् ।

साथै प्रियंकाले होलीपर्वमा जथाभावी रङहरुको प्रयोग भन्दा साधारण रङहरुको प्रयोगमा सहमतिमा होली खेल्न सबैमा आग्रह गरेकी छिन् ।