रङले अनुहारै नचिनीने गरी होली खेलेको मन पर्छः रेखा थापा

फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाले आँफुलाई होली पर्व निकै मन पर्ने बताएकी छिन् । थुप्रै रङहरुको समिश्रणको पर्व होलीमा रङ एकअर्कामा लगाईदिन निकै मन पर्ने उनी बताउँछिन् । साथै रेखाले होलीमा अनुहारै नचिनिने गरी खेलेको हेर्नपाउँदा निकै रमाइलो लाग्ने बताउँछिन् ।

‘मलाई होली एकदमै मन पर्ने पर्व हो, होलीमा अरुले अनुहारमा रङैरङ लगाएर एकअर्कामा नचिनिने गरी खेलेको साह्रै मन पर्छ । तर पानी, लोला तथा अन्य स्वास्थ्यमा फाईदा नहुने कलरको प्रयोग गरेको भने मन पर्दैन’, रेखाले भनिन् ।

हरियो रङ बेस्ट

रेखाले आँफुलाई हरियो रङ बढी मन पर्ने बताउँछिन् । सबै रङहरुसँग होली खेलेपनि हरियो आफ्नो बेस्ट भएको उनी बताउँछिन् ।

केटाहरुले लोलाले हानेको बिर्सिन्न

रेखाले आँफ्नो बुबाको बर्खि बसेको बेला आँफुलाई अपरिचित केटाहरुले लोलाले हानेको नबिर्सने बताउँछिन् । ‘बुबाको बर्खि बसेको बेला थियो, म सेतो कुर्तासुरुवालमा थिए, रिपोटर्स क्लबमा जादैथिएँ, त्यो समयमा केटाहरुले लोला हाने, सहनै नसकेर धेरैँ गालि गरेँकी थिएँ मैले । तर तिनीहरुको गल्ति पनि थिएन किनकी होलीको बेला थियो र म बाहिर हिडिरहेकी थिएँ ।’, रेखाले पहिलाको कुरा सम्झदै भनिन् ।