असार, काठमाडौं । टेलिभिजन कलाकर्मी मञ्च नेपाल (ट्याफोन)ले गर्ने भनिएको सम्मान तथा पुरस्कार कार्यक्रम यहि असार २७ गते हुने भएको छ । असार २६ गते हुने भनिएको कार्यक्रम बिशेष कारण बस असार २७ गतेका लागि सारिएको आयोजकले जनाएको छ। ट्याफोनले गत बर्ष जस्तै यसबर्ष पनि समग्र नेपाली टेलिभिजनमा कार्यरत संचारकर्मीहरु मध्ये टेलिभिजनलाई नै कर्मथलो मानेर भविष्य ठान्ने कलाकर्मिलाई सम्मान तथा पुरस्कार कार्यक्रम गर्ने भएको हो । यस कार्यक्रमले टेलिभिजनमा कार्यरत कलाकर्मिहरुलाई अझ मनोवल बढाउने ट्याफोनकि अध्यक्षा दिपा श्री निरौलाले बताईन् ।
झण्डै ३ घण्टा लामो यो कार्यक्रमलाई नेपाल टेलिभिजनले लाईभ प्रशारण गर्ने छ । कार्यक्रम अवधी भरि हास्य व्यंग प्रहशन हुने छ । गित तथा नृत्य प्रस्तुती रहने छ । प्रशारणमा रहेका सबै टेलिभिजन च्यानलका उत्कृष्ठ कार्यक्रम प्रस्तोता , निमार्ता , निर्देशक , सम्वाददाता एवं प्राविधिकहरु मध्येबाट एक एक जनालाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरिने बताईएको छ ।