लोकदोहोरीको नयाँ यात्रामा ‘लोक दोहोरी च्याम्पियन’

...

काठमाडौं । नेपाली मौलिक लोकदोहोरीको संरक्षणसँगै नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ प्रसारणमा आएको छ। रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भएको कार्यक्रम इमेज टेलिभिजनमा हरेक शनिबार र आइतबार राति ९ बजेदेखि १०ः३० बजेसम्म प्रसारण भइरहेको छ।

कार्यक्रममा देशका विभिन्न भूगोल र समुदायमा रहेका लोकदोहोरी प्रतिभालाई सहभागी गराउँदै उनीहरूको गायन तथा सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर दिइनेछ। मौलिक लोकसंगीतलाई नयाँ पुस्ताको आवाज र प्रस्तुतिसँग जोड्ने लक्ष्य कार्यक्रमको रहेको आयोजकले जनाएको छ।

lok dohori champion

माधवराज खरेलको निर्देशनमा निर्माण भइरहेको कार्यक्रमको निर्णायकमा पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्। कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहेका छन्। कार्यक्रममा म्युजिक नेपाल डिजिटल पार्टनर तथा खल्ती बाइ आईएमई भोटिङ पार्टनर रहेका छन्। त्यस्तै, प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल, गुण फर्निचर, नेरिक एकेडेमी, जिनो स्टुडियो र हाम्रो मौलिक ब्याण्डले विभिन्न विधामा सहकार्य गरेका छन्।

आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’ मनोरञ्जनात्मक प्रतिस्पर्धासँगै नेपाली मौलिक लोकदोहोरीको जरा जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानका रूपमा अघि बढाइएको हो।