काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको १० दिनमा २ करोड रुपैयाँ नजिकको ग्रसकलेक्सन गरेको छ। चलचित्रले आइतबारसम्म १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। १० दिनमा चलचित्र ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन्। प्रदर्शनको सुरुवाती दिनपछि विस्तारै दर्शकको चाप बढ्दै गएको चलचित्र अहिले उत्साहजनक रूपमा प्रदर्शन भइरहेको निर्देशक हरि लम्सालले बताए।

सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभरका चुनौतीलाई कथाको केन्द्रमा राखिएको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाललगायतको अभिनय छ। हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।







१९ आश्विन २०८३, सोमबार १५:०७ 









