‘मेरी बास्सै’को होली धुर्मुस सुन्तली निवासमा

फागुन,काठमाडौं । लोकप्रिय हाँस्य टेलि श्रृङ्खला मेरि बास्सै का टिमहरुले धुर्मुस सुन्तली निवासमा होलि मनाएका छन । मुसहर बस्ति मा आवास निर्माणमा जुटेका कलाकार धुर्मुस सुन्तली  होली मनाउन  आफ्नै निबास ललितपुरमा आएका छन् ।

होलीको अवसर पारेर धुर्मुस सुन्तलीको निमन्त्रणामा मेरिबास्सैका सम्पुर्ण कलाकार रामचन्द्र अधिकारी, घनश्याम गौतम-नक्कली प्रचण्ड,यादब थापा -सरापे, बिनोद राई -घ्याम्पे सुब्बा ,दिपक आचार्य ,सुबोध गौतम, प्याकुली, बिम्ली र धुर्मुस सुन्तलीले एक अर्कालाई रङ्ग अबिर लगाई नाच गान गरि रमाइलो गरेको कुरा मेरि बास्सैका नक्कली प्रचण्ड घनश्याम गौतम ले जानकारि दिएकाछन ।

होली मनाउन शनिवार काठमाडौ आएका धुर्मुसले भोली नै मुसहर बस्ति निमार्णको काममा फर्कने बताएका छन् । उनले यो बर्षको होली माया, प्रेम, सद्भाव र एकताको होली भन्दै उनले थालेको सामाजिक काममा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरु र सम्पूर्ण दर्शकहरुलाई होलीको शुभकामना ब्यक्त गरेका छन् ।