काठमाण्डौं |भारतीय अभिनेता नाना पाटेकरको हृदयघातका कारण निधन भएको छ। मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे आफ्नै निवासमा निधन भएको हो।
हृदयघात भएपछि उनलाई बचाउन चिकित्सकहरूले ४५ मिनेटसम्म सीपीआर (CPR) गरेका थिए। तर, पुनर्जीवन प्रयासका क्रममा उनको मुटुको धड्कन फर्किएन। चिकित्सकहरूले ४५ मिनेटसम्म निरन्तर प्रयास गरे पनि उनलाई बचाउन नसकिएको डा. साल्करले एएनआईसँग बताएका छन्।
घटनासम्बन्धी मेडिको–लिगल प्रक्रिया पूरा भइसकेको छ भने निधनको यकिन कारण पत्ता लगाउन पोस्टमार्टम आवश्यक रहेको बताइएको छ।







२२ आश्विन २०८३, बिहीबार ०९:०९ 









