टेलिभिजन कलाकर्मी मञ्चको पत्रकार भेटघाट सम्पन्न, कार्यक्रम असार २७ मा

...

tafon nepal program

असार, काठमाडौं । टेलिभिजन कलाकर्मी मञ्च नेपाल (ट्याफोन)ले गर्ने भनिएको सम्मान तथा पुरस्कार कार्यक्रमका लागि पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यहि असार २७ गते प्रज्ञाभवन कमलादीमा हुने टेलिभिजनमा कार्यरत बिभिन्न बिधाका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार गर्ने कार्यक्रमको जिज्ञासा मेटाउन पत्रकार सम्मेलन गरीएको हो ।

ट्याफोनले गत बर्ष जस्तै यसबर्ष पनि समग्र नेपाली टेलिभिजनमा कार्यरत संचारकर्मीहरु मध्ये टेलिभिजनलाई नै कर्मथलो मानेर भविष्य ठान्ने कलाकर्मिलाई सम्मान तथा पुरस्कार कार्यक्रम गर्ने भएको हो । पत्रकार भेटघाटमा बोल्दै ट्याफोनकि अध्यक्ष दिपा श्री निरौलाले टेलिभिजनमा कार्यरत कलाकर्मिहरुलाई अझ मनोवल बढाउने ट्याफोनकि अध्यक्षा दिपा श्री निरौलाले बताईन् ।

tafon nepal program
झण्डै ३ घण्टा लामो यो कार्यक्रमलाई नेपाल टेलिभिजन र नेपाल टेलिभिजन प्लसले प्रत्यक्ष प्रशारण गर्ने छ । प्रशारणमा रहेका सबै टेलिभिजन च्यानलका उत्कृष्ठ कार्यक्रम प्रस्तोता , निमार्ता , निर्देशक , सम्वाददाता एवं प्राविधिकहरु मध्येबाट एक एक जनालाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरिने बताईएको छ ।

tafon nepal program