आर्टिस्ट फष्टमा शंकर बिसीः पहिलो गीत चमेलीको तेल, पहिलो कमाइ ५ सय

चैत, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा सबैभन्दा धेरै नाँचेर नाम कमाएका मोडल हुन् शंकर बिसी । मिलेको ज्यान र हँसिलो अनुहार भएका शंकरले अहिलेसम्म १५ सय म्युजीक भिडियोहरुमा अभिनय गरीसकेका छन् भने ४ हजार म्युजीक भिडियो निर्देशन गरीसकेका छन् । पछिल्लो समय मोडलिङ सँगसँगै म्युजीक भिडियो निर्देशन तिर पनि उत्तिकै मात्रामा ब्यस्त छन् । यसका साथै आर्टिस्ट खबर डटकमको आर्टिस्ट फष्टमा शंकरले आफ्ना पहिला कुराहरु यसरी बताएका छन् ।

पहिलो नाम
मलाई अहिले शंकर बिसी भनेर धेरैले चिन्नुहुन्छ, तर न्वारनकै नामको कुरा गर्दा जित बिसी हो । जुन नाम मेरो मामाले राखिदिनुभएको थियो ।

पहिलो घर

मेरो पहिलो घर नेपालगंज हो । म त्यहि जन्मेको थिए । अहिले काठमाडौं ।

पहिलो कमाइ कुन म्युजीक भिडियो बाट कति

मैले पहिलो पटक नाँचेको चमेलीको तेल गीतबाट नै पहिलो कमाइ गरेको हुँ । त्यतिखेर मलाई ५ शय रुपैया दिनुभएको थियो । त्यो नै पहिलो कमाइ हो ।

पहिलो प्रेम प्रस्ताव

म भर्खर भर्खर गीतसंगीतको क्षेत्रमा लागेको थिएँ । त्यो समयमा मेरो गीत एकदमै मन पर्यो भन्ने एक जना पोखराको फ्यान हुनुहुन्थ्यो । उहाँले नै फोन बाट प्रेम प्रस्ताव गर्नुभएको थियो ।

पहिलो अन्तरवार्ता

सञ्चारकर्मि अशोक धितालसँग एच.बि.सि. एफ एम. मा दिएको थिए ।

पहिलो मोबाइल सेट

आज भन्दा १५ बर्ष अगाडिको कुरा हो त्यो समयमा मोबाइल देख्नै धेरै गाह्रो हुन्थ्यो । साधारण सिमेन्स सेट थियो । त्यो समयमा मैले मोबाइल बोक्दा धेरै नायक नायिकाहरुले मोबाइल बोक्नुभएको थिएन ।

पहिलो पटक मोडलिङ गरेको गीत

मैले पहिलो पटक अभिनय गरेको गीत ‘चमेलीको तेल’ हो, त्यो नै पहिलो पटक टेलिभिजनमा आएको गीत हो ।

पहिलो पटक स्टेजमा नाचेको गित

म जम्मा ७ बर्षको थिएँ । त्यो बेला कक्षा २ मा पढ्थेँ । त्यो समयमा ‘सलल पानी बबैको तिरैमा’ बोलको लोकगीतमा नाँचेको थिए ।

कलाकार भइसकेपछिको पहिलो स्टेज कार्यक्रम

मेरो पहिलो स्टेज कार्यक्रम भनेको नेपालगन्जमा क्षेत्रिय व्यामशाला हो । जहाँ मलाई नाँच्नका लागी बोलाइएको थियो ।

पहिलो फिल्म गित निर्देशन

चलचित्र ‘फष्ट लभ’को गीत पहिलो पटक निर्देशन गरेको हुँ ।

पहिलो पटक गाएको गित

मेरो स्वरमा रहेको पहिलो गीत भनेको ‘तिमी बिना मर्छु म तिम्रो कसम’ हो जसमा एकल स्वर दिएको छु । गीतमा एकनारायण भण्डारीको शव्द संगीत छ । त्यसपछि नायिका रेखा थापासँग युगल गीत गाएँ जसमा शाही भट्टराईको संगीत छ ।

पहिलो बिदेश भ्रमण

म नाँच्नकै लागी भनेर अहिले सम्म १२/१३ देश पुगेँ होला । त्यसमध्ये पहिलो पटक गएको देश बहराइन हो । त्यो बेलामा अभिनेता राजेश हमाल, गायिका अन्जु पन्त पनि सँगै हुनुहुन्थ्यो ।

मोडल शंकर बिसी सँग आर्टिस्ट फष्टमा गरीएको कुराकानी तलको भिडियोमा पनि हेर्नसक्नुहुनेछ ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।