काठमाडौंमा ‘मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ हुने

चैत,काठमाडौं । मानवअधिकार चलचित्र केन्द्र र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा काठमाडौंमा ‘मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सुरु हुने भएको छ । महोत्सवको पाँचौं संस्करण बिहीबार मार्च १६ बाट हुन लागेको हो ।

‘मेरो पनि अधिकार’ छ भन्ने मुल नाराका साथ हुन लागेको चार दिने लामो महोत्सव काठमाडौं नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न हुने बताइएको छ ।आयोजकका अनुसार महोत्सवमा मानवता र मानव अधिकारसँग जोडिएका विषय समेटेको कथा बोकेका फिल्महरु प्रदर्शन गरिनेछ। कार्यक्रम संयोजक पाण्डभ खत्रीले भने,’हामीले यो पटक नारा सहित महोत्सव आयोजना गर्नुको उदेश्य फिल्ममा मानव अधिकारको विषय उठानलाई महत्व दिनु हो।’नेपाली फिल्म इन्डस्ट्रिलाई अन्र्तराष्ट्रियकरण गर्नुनै महोत्सवको मुख्य उदेश्य रहेको आयोजकको दाबी रहेको छ।

महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, स्पेन, अमेरिका, सिरिया, फ्रान्स, टर्की, रोमानिया, जोर्डन, ब्राजिल, जर्मनीलगायत  ३८  देशका ९९ सय फिल्म प्रदर्शन हुने जानकारी दिइएको छ।

मार्च १९ सम्म हुने महोत्सवमा फिक्शन, नन-फिक्शन, डकुमेन्ट्री आदी प्रदर्शन हुने छ। फिल्म महोत्सवको उद्घाटन देवकी बिस्टको निर्देशनमा बनेको डकुमेन्ट्री ’इन सर्च अफ देवकी’को प्रदर्शनबाट सुरु भई ज्योती केशर सिंहको ’भुसको लोग्ने’ प्रदर्शनका साथमा समापन हुने जनाइएको छ। बाह्र नेपाली फिल्मले महोत्सवमा बाह्र नेपाली फिल्मले सहभागिता जनाएका छन्।

प्रर्दशित फिल्महरु मध्य बाट ४ फिल्मलाई ’राइनो अवार्ड’ले सम्मानित  गरिने पनि  आयोजकले जानकारी दिएका छन्। उत्कृष्ट चार फिल्म चयनका लागि नेपाली फिल्म निर्देशक तुलसी घिमिरे, भारतिय फिल्मकर्मी गिरिश कसरावल्ली, बङ्गलादेशका फिल्म क्रिटिक्श मुजताबा जमाल र डच फिल्म निर्माता क्लेमेन्टाइन एडरेभेन जुरी रहनेछन्।