तीन निर्देशकको मुख्य भुमिकामा ‘रुद्रप्रिया’,फ्लोरमा जाने तयारी

...

<p><b>चैत, काठमाडौं। </b>नायिका तथा निर्मात्री रेखा थापाको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘रुद्रप्रिया’को प्री प्रोडक्शनको काम सकिएको छ। चलचित्रमा रहने ३ गीतको रेर्कडिङ संगै फ्लोरमा जाने तयारीमा रहेको निर्माणपक्षले जनाएको छ्।आउंदो वर्षको दशैँमा प्रर्दशन हुने गरी निर्माण गर्न लागिएको यस चलचित्र चैतको अन्तिममा छायाँकनमा जाने बताइएको छ।&nbsp;</p><p>चलचित्रमा रहने तीन गितमा सुरेश अधिकारीले संगीत भरेका छन् । अधिकारीले चलचित्रका ३ वटै गीतहरु विभिन्न शैलीमा तयार &nbsp;गरिएको र श्रोताको मन छुने बताएका छन्। नायिका रेखाले पनि विगतका चलचित्रहरुमा जस्तै यस चलचित्रमा पनि उत्कृष्ट गीतहरुलाई निरन्तरता दिएको बताएकी छिन्।&nbsp;</p><p>&nbsp;बबी सिंहको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रेखा थापाको साथै निर्देशक द्वय सुदर्शन थापा र&nbsp;अर्पण थापाको मुख्य भूमिका रहने बताइएकोछ।</p>