निरौला र अधिकारी सुनिए ‘हामी’ मा

चैत, काठमाडौं । विगत चार वर्षदेखि पुराना र नयाँ पुस्ताका कवि र कवितालाई मञ्च प्रदान गर्दै आएको हामी कविताको हालै ४५ औं शृंंखला सम्पन्न भएको छ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा निरन्तररूपमा आयोजना हुँदै आएको ‘हामी’ कवि र कविताको यसपटकको प्रस्तुतिमा दुई कविहरू शरद निरौला तथा गोकुल अधिकारीले आफ्नाआफ्ना चोटिलापोटिला कविता वाचन गरे ।

कार्यक्रमको पहिलो चरणमा कवि शरद निरौलाले आफ्ना ८ वटा कवितालाई प्रस्तुत गरेका थिए । उनले केही भावनात्मक, केही राष्ट्रप्रेम र डायस्पोरिक कविता वचन गरे । वाचनका क्रममा उनले केही मुक्तक र हास्य कविता पनि प्रस्तुत गरेका थिए । कवि निरौलाले तिम्रो दुई कौडीको राजनीति, अमेरिका, श्रीकृष्ण भएर फर्कनुपर्छ, काठमाडौं शहर, मौन बस्न थालेको छु, माछापुछ्रे्र हिमाललगायतका कविता वाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा अर्का कवि गोकुल अधिकारीले आफ्ना १० वटा कविता वाचन गरे । समसामयिक कविताका अतिरिक्त गोकुलले केही मुक्तक पनि वाचन गरेका थिए । कवि अधिकारीले आमा, मेरो परिकल्पनाको नेपाल, शालिक र मान्छे, पसिनाको दिन, शहिद, नदीको बीचमा उभिएर, श्रीमती रिसाएको बेलालगायतका कविता वाचन गरे ।