एक्शन नायिका बन्ने चाहना छः रेनु

चैत, काठमाडौं । सानै देखी कलाकारिता क्षेत्रमा रुचि बढेपछि कलाकार बन्छु भनेर अगाढि बढेकी रेनु शर्मा अहिले अभिनय क्षेत्रमा ब्यस्त छिन् । आजभन्दा डेढ बर्ष अघि हाँस्य टेलिश्रृंखला ‘हाक्का हाक्की’ बाट आफ्नो अभिनय यात्रा शुरु गरेकी रेनुले केहि म्युजीक भिडियोमा पनि अभिनय गरी सकेकी छिन् ।

सानैदेखी अभिनय क्षेत्रले आफुलाई तानेको बताउने रेनुले दमन रुपाखेती निर्देशीत ‘हाक्का हाक्की’ टेलिश्रृंखलामा निर्माता राम थापाले अभिनयका लागी अफर गर्नुभएको बताउँछिन् । उनले ३९ औं भागबाट ‘हाक्का हाक्की’ को अभिनययात्रा शुरु गरेकी हुन् ।

‘मलाई आजभन्दा डेढ बर्ष अघि निर्माता राम सरले हाक्का हाक्कीमा अभिनयका लागी अफर गर्नुभएको हो । मैले पनि आफ्नो करियर नै अभिनय यात्रामा लगाउने सोचेकी थिएँ र त्यो बेलामा रामसरले अफर गर्दा मलाई ठुलो सहयोग मिलेको थियो, अहिले हाक्का हाक्की मा पुतलीको नामबाट दर्शकले मन पराइदिनुभएको छ, खुसी लाग्छ ।’, रेनु भन्छिन् ।

आफ्नो लक्ष्य चलचित्रमा अभिनय गर्नु रहेको र लक्ष्य पुरा गर्न एकैपटक अभिनयमा जान गाह्रो हुने भएकाले पनि उनी सानो पर्दा, म्युजीक भिडियो हुँदै चलचित्र क्षेत्रमा लागेको बताउँछिन् । रेनुले भर्खर मात्र एक चलचित्रमा अभिनय गरेकी छिन्, जुन चलचित्रको आजभन्दा दुई दिन अघिमात्र छायांकन सकिएको छ ।

सानो छँदा देखी नै टेलिभिजनमा नेपाली चलचित्र धेरै हेर्न गरेको र चलचित्रमा अभिनय गरेको देख्ना आफुलाई पनि यस्तै बन पाएहुन्थ्यो भन्ने चाहानाले गर्दा अभिनयमा तानेको रेनु बताउँछिन् । आफ्नो लक्ष्य चलचित्रमा अभिनय गर्नु रहेको र लक्ष्य पुरा गर्न एकैपटक अभिनयमा जान गाह्रो हुने भएकाले पनि उनी सानो पर्दा, म्युजीक भिडियो हुँदै चलचित्र क्षेत्रमा लागेको बताउँछिन् । रेनुले भर्खर मात्र एक चलचित्रमा अभिनय गरेकी छिन्, जुन चलचित्रको आजभन्दा दुई दिन अघिमात्र छायांकन सकिएको छ ।

रेनुको डेब्यु चलचित्र ‘मन त परदेशी’ हो जसमा रेनु सह नायिकामा देखिने छिन् । चलचित्रमा रेनुको साथमा नायक दिपेश पाण्डेय, बिक्रम क्षेत्री, नायिका समिता गिरीको मुख्य भुमिका रहेको छ । जसलाई देव नेपालले निर्देशन गरेका छन् । चलचित्र आउँदो असारको पहिलो सातामा रिलिज हुने तयारीभइरहेको उनले बताइन् ।

रेनुले आफु एक्शन नायिका बन्ने चाहाना भएको बताउँछिन् । एक्शन नायिका बन्नका लागी आफुमा हुनुपर्ने गुणहरुमा ध्यान दिँदै आएको र एक्शन भुमिका निभाउन सक्नेमा बिश्वस्त रहेको बताउँछिन् । उनले आफुलाई एक्शन भुमिकामा अभिनय गर्नका लागी कुनै अफर आएमा स्विकार्ने बताउँछिन् ।

रेनुले पछिल्लो समय दुई वटा म्युजीक भिडियोमा पनि अभिनय गरेकी छिन् । चलचित्र सम्म पुग्नका लागी बिभिन्न अभिनयका बाटोहरु रोज्नुपर्ने र धेरै सिक्नुपर्ने भन्दै म्युजीक भिडियोमा पनि हात हालेको उनी बताउँछिन् । ‘चलचित्रमा अभिनय गर्नु सानो कुरा होइन मैले बुझेकी छु, त्यसैले पनि धेरै कुराको अनुभव लिगेर चलचित्रमा अभिनय गर्दैछु ।’, रेनु भन्छिन् । रेनुले पहिलो पटक ‘सानुमाया हाँसेर बोल’ बोलको लोक तथा दोहोरी गीतमा अभिनय गरेकी थिइन् । जसलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् ।

रेनुको आफ्नो बुझाईमा अभिनय एक मनको भाव रहेको बताउँछिन् । अभिनय अरुले गरेको हेरेर सिक्न नसकिने उनी बताउँछिन् । ‘अभिनय मन बाट नै आउने कुरा हो । अभिनय कसैले गरेको देखेर सिक्न सकिदैन यो त आफ्नो मनबाटै आउनु पर्छ, उनी भन्छिन् ।

साथै रेनुले अभिनय गरेको ‘मन त परदेशी’ चलचित्र टिमले अर्को चलचित्र बनाउन लागेको र सोहि चलचित्रमा पनि आफु अनुबन्धित भएको बताएकी छिन् । नाम खुलाउन नचाहेकी रेनुले नयाँ चलचित्र पनि एक महिना भित्रै छायांकन शुरु हुने बताइन् ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।