<p><b>चैत, काठमाडौं। </b>बलिउडका सुल्तान सलमान खान एक पटक फेरी व्यक्तिगत जिवनलाई लिएर चर्चामा आएका छन्। इंटरनेटमा उनको एउटा पुरानो अन्तरवार्ता भाइरल भईरहेको छ।जसमा सलमान पुर्वप्रेमिका ऐश्वर्याका साथ मारपीटको आरोपको खन्डन गरिरहेका छन। २००२ मा एक अन्तरवार्तामा उनलाई ऐश्वर्या को साथमा भएको मारपिटको बारेमा प्रतिकृया मागिएको थियो। तब सलमानले आफुले ऐश्वर्यालाई कहिल्यै नपिटेको बताएका थिए। उनले यसै अन्तरवार्तामा निर्देशक सुभाष घई लाई भने थप्पड हानेको बताएका थिए। </p><p>ऐश्वर्या र सलमानले फिल्म 'हम दिल दे चुके सनम' मा एकसाथ काम गरेका थिए। यसै फिल्मको दौरान उनीहरुबिच घनिष्ठता बढेको थियो।तर २००२ मा फिल्म 'हम तुम्हारे हैं सनम'को रिलिज पछि उनीहरुको ब्रेकअप भएको थियो।उनीहरु बिच ब्रेकअप किन भयो यो सत्य त कमैलाइ थाहा होला तर बताइएअनुसार ऐश्वर्याले सलमानमाथि मारपीटको आरोप लगाएकी थिईन्। एजेन्सी</p>