‘युट्युव सिरियल’ बाटै राम्रो आम्दानी गर्छन् सुरेश

चैत, काठमाडौं । नेपालमा पछिल्लो समय प्रबिधिको तिब्र बिकास भइरहेको छ । प्रबिधिले ठुलो फड्को मारेसँगै इन्टरनेटको दुनियामा नेपालमा पनि अधिकांश कामहरु इन्टरनेटबाटै हुने गरेका छन् । यस्तैगरी पछिल्लो समय सामाजिक सञ्जाल तथा भिडियो सेयरिङ साइट युट्युव नेपालमा खुबै चलाइने गरीन्छ । कतिले यसैलाई आफ्नो पेशा बनाएर अघि बढीरहेका छन् भने कतिले भर्खरमात्र यसको बिषयमा ज्ञान लिँदैछन् ।

विश्वकै कुरा गर्ने हो भने पनि कैयौं मानिसहरु इन्टरनेटकै माध्यमबाट करोडौं आम्दानी गरेको तथ्य सार्वजनिक भएका छन् । साथै कलाकारहरुले पनि सामाजिक सञ्जाल तथा युट्युवबाट करोडौं कमाएको पाइन्छ ।

यस्तै नेपाली कलाकारहरुले पनि पछिल्लो केहि बर्षयता इन्टरनेट बाटै थुप्रै आम्दानी गर्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुक तथा भिडियो सेयरिङ साइट युट्युवलाई सहि सदुपयोग गर्दै नेपाली कलाकारहरुले पनि राम्रो आम्दानी गर्न थालेका छन् । नेपाली कलाकारहरुको उदाहरण लिनुपर्दा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले केहि बर्षयता युट्युवबाटै मासिक लाखौं आम्दानी गर्छन् । साथै अन्य गायक÷गायिकाहरुले पनि गीतको भिडियो युट्युवमा अपलोड गरेर मनिटाइज गरी बिज्ञापन क्लिकको आधारमा आम्दानी गरीरहेका छन् । गायक तथा गायिकाहरुको नाम लिनुपर्दा सुनिता दुलाल, मुना थापा मगर, प्रमोद खरेल, पुष्कल शर्मा, सुगम पोख्रेल लगायतलाई लिन सकिन्छ ।

नेपालको युट्युव दर्शकलाई आधार मान्ने हो भने हाँस्य ब्यंग्य सामाग्रीहरु बढी हेरीएको पाइन्छ । इन्टरनेट प्रयोगकर्ताहरु इन्टरनेटबाट कि केहि ज्ञानबद्र्धक कुराहरु हेर्न चाहान्छन् कि मनोरञ्जन लिन चाहान्छन् । नेपालमा पछिल्लो समय हाँस्य ब्यंग्य टेलिसिरियलहरु एक्कासी बन्दहुँदा युट्युवमा आउने हाँस्यब्यंग्य सिरियलहरुले राम्रै दर्शक कमाए । त्यसोत टेलिभिजनमा प्रसारण भएका हाँस्यब्यंग्य सामाग्रीहरु युट्युवमा अझ धेरै हेर्न गरीन्छ । केहि समययता टेलिभिजनबाट प्रसारण हुँदै आएका हाँस्यब्यंग्य सिरियलहरु एक्कासी बन्द भए र केहि युट्युवमा मात्र आउन थाले । पछिल्लो समय युट्युवकै लागी मात्र सिरियल बनाउने कलाकारहरु पनि थुप्रै छन् ।

युट्युवकै लागी मात्र गुणस्तरीय हाँस्यसिरियल बनाउने कलाकारहरुमा केदार घिमिरे र विल्सन बिक्रमको नाम आउँथ्यो । उनीहरु हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ बिचमा केहि लामैसमय बन्द भएपछि ‘खासखुस’ हाँस्य सिरियल लिएर युट्युव मार्फत नै आएका थिए । पछि खासखुस नेपाल टेलिभिजनमा पनि प्रसारण हुँदै आएको छ ।

उनले केहि भाग मेरीबास्सैमा अभिनय गरे र पछि मेरी बास्सैको प्रसारण नै बन्द हुनपुग्यो । पछि मेरीबास्सै प्रसारण हुने नहुने अन्योल भएपछि सुरेशले युट्युवका लागी काम गर्न थाले । युट्युवबाट पनि दर्शकसामु परिचित बन्न सकिन्छ र आम्दानी पनि गर्न सकिन्छ भन्ने बुझेर उनले टेलिभिजन बाट युट्युवमा हात हाले र अहिले सफलता पनि पाइरहेका छन् ।

यस्तै पछिल्लो केहिबर्ष यता हाँस्य कलाकार सुरेश थापा ‘मेरी बास्सै’ सिरियलबाट दर्शनेको नामबाट दर्शक सामु चिनिए । ‘हो, दर्शने हो दर्शनेले गर्छ’, भन्ने डाइलगबाट एकाएक दर्शकसामु परिचित भएका सुरेश यो भन्दा अघि म्युजीक भिडियो निर्देशन गर्दै आएका थिए । उनले केहि भाग मेरीबास्सैमा अभिनय गरे र पछि मेरी बास्सैको प्रसारण नै बन्द हुनपुग्यो । पछि मेरीबास्सै प्रसारण हुने नहुने अन्योल भएपछि सुरेशले युट्युवका लागी काम गर्न थाले । युट्युवबाट पनि दर्शकसामु परिचित बन्न सकिन्छ र आम्दानी पनि गर्न सकिन्छ भन्ने बुझेर उनले टेलिभिजन बाट युट्युवमा हात हाले र अहिले सफलता पनि पाइरहेका छन् ।

युट्युवमा उनले साप्ताहिक रुपमा ल्याएका सिरियलहरु तिन वटा छन् । उनले ल्याएका ‘कमेडी गाइज’, ‘खित्का डटकम’, ‘पुरपुरो’ हाँस्यसिरियल हुन् । दर्शनेकै भुमिकामा निभाउँदै सुरेशले प्रत्येक शुक्रबार एन.के.टिभि युट्युव च्यानलबाट ‘कमेडी गाइज’ ल्याएका छन् भने प्रत्येक शनिबार ‘खित्का डटकम’ सिरियल मनोरञ्जन टिभि युट्युव च्यानलबाट ल्याइरहेका छन् । साथै भर्खरमात्र सुरेशले समय अभावका कारण पुरपुरो सिरियलबाट भने हात झिकेको बताउँछन् । ‘कमेडी गाइज’ नामक सिरियल युट्युवमा लाखौं पटक हेरीनेगरेको छ जुन सिरियल युट्युवमा अन्य टेलिभिजनबाट प्रसारण हुने सिरियलहरु भन्दा कम हेरीदैँन ।

पुराना कलाकारहरुलाई लिएर युट्युवका लागी मात्र काम गर्दा आम्दानी गर्न गाह्रो होला नी भन्ने हाम्रो पश्नमा सरेश भन्छन्, ‘मैले अहिलेसम्म पुराना र नयाँ कलाकार दुबैलाई मिसाएर युट्युवकै लागी सिरियल बनाइरहेको छु । नयाँ पुराना जो भएपनि कलाकारहरुलाई थोरै धेरै पैसा दिनैपर्छ किनकी काम हो जेका लागी गरेको भएपनि । त्यसैले मैले पैसा दिएर अभिनय गराउने गरेको छु । आम्दानीको कुरा गर्दा जे होस् कलाकारहरुलाई दिएर चल्न पुगेकै छ भनम न ।’ सुरेशले युट्युवबाट हेरेर पनि धेरै राम्रा प्रतिक्रियाहरु आउने बताउँछन् ।

सुरेशले नेपालका सबैठाउँमा अझै पनि इन्टरनेटको पहुँच नभएकाले केहि गाह्रो चाँही पक्कै हुने स्विकार गर्छन् । युट्युवमा हालिने सामाग्रीहरु बढी बिदेशमा रहेका नेपालीहरुले हेर्नेगरेको तथ्यांक छ । ‘मलाई धेरैले प्रतिक्रिया दिनुहुन्छ, सिरियल धेरै राम्रो छ भन्नुहुन्छ । कहिले काँही कुनै एकजना पात्र कुनै भागमा देखिएन भने किन आएन कता हरायो, किन नल्याएको भनेर दर्शकले सिधा प्रतिक्रिया दिनुहुन्छ । निकै खुसी लाग्छ ।’, सुरेशले भने ।

युट्युवमा आफ्नो सिरियल कत्तिको चलेको छ भन्ने कुरा उनले प्रतिक्रिया र भिवर्सलाई आधार मान्ने गरेको बताउँछन् । राम्रो प्रतिक्रिया र धेरै भिवर्स आएको छ भने सिरियल राम्रो भएको मान्ने गरेको बताउँने सुरेशले भिवर्समात्र धेरै गएर राम्रो चाँही नमान्ने बताउँछन् । ‘युट्युवमा भिवर्सलाई मात्र आधार मान्ने हो भने त कैयौं त्यस्ता सामाग्री छन् जुन एकदिनमै लाखौं भिवर्स जान्छन् त्यस्ता समाग्रिलाई राम्रा भनेर पनि त भएन नी । दर्शकले त नराम्रा लाई पनि त हेर्छन् नि हेरेपछि भिवर्स बढ्ने त हो, त्यसैले भिवर्स सँगै राम्रो प्रतिक्रिया आउनु ठुलो कुरा हो ।’, उनी भन्छन् ।

सुरेशले आँफु आजयहाँ सम्म आउने भएकोमा मेरी बास्सै टिमलाई धन्यवाद दिन्छन् । उनले आँफु हाँस्यब्यंग्य क्षेत्रमा आउनुको श्रेय मेरीबास्सैका निर्माता तथा निर्देशक कलाकार सिताराम कट्टेल (धुर्मुस) लाई दिन्छन् । सितारामकै कारण उनले मेरीबास्सैमा दर्शनेको अभिनय गरेका थिए ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।