चैत, बर्दिबास । एकसमय हाँस्य कलाकारबाट नाम कमाएका धुर्मुस अर्थात सिताराम कट्टेल यतिखेर हाँस्य क्षेत्रभन्दा सामाजिक कार्यबाट नाम कमाइरहेका छन् । नेपालमा गएको पछिल्लो बिनाशकारी भुकम्प पछि नेपालको बिभिन्न ठाउँमा पुगेर भुकम्पपिडितहरुलाई सहयोग गरेसँगै धुर्मुसको वाहवाह छ । राम्रो काम ग¥यो भने जसले पनि तारिफ गर्छ र हौसला दिन्छ भन्ने उदाहरण बनेका उनी अहिले पनि निरन्तर सामाजिक कार्यमै सक्रिए छन् । धुर्मुसले बिनाशकारी भुकम्प पछि निरन्तर भुकम्पपिडितहरुलाई एकिकृत नमुना बस्ती बनाइदिनका लागी जुटिरहेका छन् ।

सुरुमा काभ्रेका भुकम्प पिडितलाई २० घर, त्यसपछि सिन्धुपाल्चोकमा ६० घर र अहिले महोत्तरीको बर्दिबासका मुसहर बस्तीका स्थानियलाई घर बनाइदिन जुटिरहेका छन् । करिब तिनमहिना अघिबाट शुरु गरीएको बर्दिबासको एकिकृत नमुना बस्तीको ८० प्रतिशत काम सकिएको धुर्मुस जानकारी दिएका छन् । सिताराम र कुन्जना घिमिरे (सुन्तली) को साथमा अन्य थुप्रै स्थानिय तथा मनभएकाहरुले साथ दिइरहेका छन् ।

यसैबिच त्यहि मुसहर बस्तीमा एक यस्ती १०३ बर्षिय बृद्ध छिन् जो बर्षौदेखी घरबिना टहरामा बस्दै आएकी छिन् । मरनी सदा नाम गरेकी बृद्धालाई त्यस्तो अवस्थामा देखेपछि धुर्मुसले आमा भन्दै आएका छन् । ‘सयबर्ष भन्दा माथि पुगेकी आमाको सपना घरमा बस्ने थियो, एउटा टहरामा बस्दै आएकी आमाको घरमा बस्ने सपना अब छिट्टै पुरा हुँदैन, म अन्यन्तै खुसी छु’, धुर्मुस्ले भनेका छन् । मुसहरहरुको अभाव र दुखमा नि सपना रंगिदै गएको र जीन्दगीको आनन्दको पल अब नयाँ बर्ष सँगै आउने धुर्मुस बताउँछन् । धुर्मुसले ति आमालाई एउटा घरमा आनन्दका साथमा राख्ने सपना बुनेका थिए अब उनले केहि समयमै पुरा गराउँदैछन् ।