रंगिदै मुसहर बस्तीका घरहरु

चैत, काठमाडौं । आजभन्दा दुई महिनाअघिबाट महोत्तरीको बर्दिवासमा रहेको मुसहर बस्तीमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीका घरहरुमा रंग लगाउने काम भइरहेको छ । बस्ती निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको फाउण्डेसनले जानकारी दिएको छ ।

माघ २५ गते चर्चित हास्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) द्वारा शिल्यान्यास गरिएको मुसहर बस्तीको लगभग सबै घरमा छाना छाउने काम सकिएको बताइएको छ । केही घरमा छाना लगाउन बाँकी भएपनि अहिले अधिकांश घरमा रंगरोगनको काम सुरु गरिएको परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिएका छन् ।

बस्ती निर्माणका लागि निर्माणस्थलमै रहेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले बताएअनुसार बस्ती निर्माणको काम एकदमै छिटो भइरहेको छ । साढे २ महिना नपुग्दै लगभग बस्तीको अधिकांश काम सकिएको जानकारी दिँदै उनले नयाँ वर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्ने बताएका छन् ।

४ करोड ७८ लाखमा निर्माण हुने यस बस्तीका लागि विभिन्न संघसंस्था तथा सहयोगीमनले सहयोग गरिरहेका छन् । केही ढिलो गरी सहयोग उठिरहेको बताउने फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले बताएअनुसार बस्ती निर्माणका लागि अझै पनि करिब १ करोडको हाराहारीमा सहयोग उठ्न बाँकी रहेको छ । फाउण्डेशनले अहिलेसम्म करिब ३ करोड बराबरको रकम बस्ती निर्माणका लागि खर्च गरिसकेको बुझिएको छ ।