‘समर लभ’ माथि चलचित्र बन्ने, ‘साया’ र ‘अतित’ पनि सार्वजनिक

...

<p style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b> चर्चित कृति ‘समर लभ’ माथि चलचित्र बन्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सुविन भट्टराइको कृति &nbsp;‘समर लभ’ लाई चलचित्र बनाउने घोषण गरीएको हो ।&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा चलचित्रको मुख्य कलाकारहरु पनि सार्वजनिक गरीएको थियो । कृतिका मुख्यपात्र &nbsp;‘साया’ र ‘अतित’ को ठाउँमा बिभिन्न बिज्ञापन चलचित्रमा देखिएका मोडल आशिष पिया &nbsp;‘अतित’ को भुमिकामा र सौदर्य प्रतियोगीताको बिजेता रेवती क्षेत्री &nbsp;‘साया’को भूमिकामा देखिने भएका छन् । रेवतीले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा समेत काम गरेकी छन् ।&nbsp;</p><p style="text-align: justify;">चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । मुस्कानसँग थुप्रै चलचित्रमा मुख्य सहायक भएर काम गरेको अनुभव छ । कथा माथी पत्रकार समेत रहेका सामिप्यराज तिमिल्सिनाले पटकथा तयार पारेका छन् । चलचित्रमा भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले लगानी गर्ने बताइएको छ । &nbsp;</p>