<p><b>चैत, काठमाडौं।</b> नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको ''मिस नेवाः पोखरा ११३७'' प्रतियोगिताको फाईनल सकिएको छ। प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा अन्य १६ जना प्रतिष्पर्धीलाई पछि पार्दै अंशु शाक्यले 'मिस नेवाः पोखरा ११३७' को ताज पहिरिएकी छिन्। प्रतियोगितामा उनले मिस ट्यालेन्टको टाइटल समेत हात पारेकी छिन्। विजेता शाक्यले नगद ४० हजार, ३२ ईञ्चको सिजीको टिभीसहित विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरेकी छिन्। साथै यस प्रतिष्पर्धामा निकिता लिगल फस्र्ट रनरअप तथा प्रार्थना डंगोल सेकेण्ड रनरअप भएका छन्। फस्र्ट रनरअप निकिताले नगद २५ हजार र सेकेण्ड रनरअप प्रार्थनाले १५ हजारसहित गिफ्ट हृयाम्पर प्राप्त गरेका छन्। </p><p>यसका साथै प्रतियोगितामा रसना बुद्धाचार्य -भ्यूअर च्वाईस, ज्यास्मिन श्रेष्ठ-बेष्ट स्माइल, प्रार्थना श्रेष्ठ-बेष्ट पर्सनालिटी,सिम्रन श्रेष्ठ-बेष्ट फोटोजेनिक रश्रद्धा श्रेष्ठ -मोष्ट फ्रेण्डलीबन्न सफल भएका छन्। </p><div><br></div>







७ चैत्र २०७३, सोमबार ०४:५७ 








