निश्चलको ‘२ रुपैयाँ ‘ भदौ २३मा आउने

...

<p><b>चैत, काठमाडौं।</b> अभिनेता निश्चल बस्नेतको निर्माणमा बन्दै गरेको चलचित्र '२ रुपैयाँ' ले आफ्नो प्रर्दशनको मिति तोकेको छ।चलचित्रका निर्माता एवं अभिनेता निश्चल बस्नेतले फेसबुक स्टाटसबाट चलचित्रको रिलिज मिति घोषणा गरेका हुन्। उनले चलचित्र भदौ २३ गते रिलिज हुने जानकारी दिएका छन।&nbsp;</p><p>ए जि टु वान प्रोडक्सन प्रा.लि. तथा ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा निर्माण भईरहेको चलचित्रमा निर्देशक आशिफ शाह तथा निश्चल बस्नेतको प्रमुख भूमिका रहनेछ। यसका अलावा चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, प्रमोद अग्रहरी, मेनुका प्रधान, राजन ईशान, प्रतीकराज न्यौपाने, टिका पहारी आदिको प्रमुख भूमिका रहनेछ । हाल छायाँकनको क्रममा रहेको यस चलचित्रमा आशिफ शाहकै निर्देशन र कथा रहेको छ।</p><div><br></div>