सुनिल र चन्दनले गरे शोमा आउन अस्विकार, कपिल शर्मा तनावमा

...

<pre style="text-align: justify; ">चैत, काठमाडौं</pre><p style="text-align: justify; ">'द कपिल शर्मा' शो का फ्यानहरुका लागि दुखद खवर छ,शो का चर्चित कमेडियन&nbsp;सुनील ग्रोवर र चन्दन प्रभाकरले शो मा आउन इन्कार गरेका छन्। &nbsp;केही दिन अगाडि अष्ट्रेलियाबाट फर्कने क्रममा कपिल शर्माले &nbsp;‘द कपिल शर्मा शो’ का दुई सहकर्मी सुनील र चन्दनलाई अपशव्द प्रयोग गरी गाली गर्दै कुटपीट समेत गरेका थिए। जसका कारण सुनील र चन्दनले शो मा आउन अस्विकार गरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;सोमबार ‘द कपिल शर्मा शो’ मा ‘नाम शबाना’ को टिम प्रमोशनका लागि पुगेका थिए । तर, सुनील र चन्दन उक्त शो मा गएनन्। लामो समयसम्म यी दुईलाई फकाउने कोसिस गरे पनि उनीहरु शोमा नगएपछि शोको सुटिङ नै रद्द गरिएको मिडियाले जनाएको छ ।शो को सुटिंग रोकिएपछि &nbsp;सञ्चालक कपिल शर्मा निकै दुःखी देखिए। साथै उनलाई &nbsp;‘नाम शबाना’ का कलाकार मनोज बाजपेइको अगाडि रोएको पनि देखियो। उनीहरु वीचको झगडा मिलाउने जिम्मा सिद्धुलाई &nbsp;दिइएको थियो। तर उनले फोन गर्दा सुनील र चन्दनले शोमा आउन सिधै अस्विकार गरेका थिए। चन्दनले आफु नोकर भएको भन्दै आफ्नो औकात राम्रो संग बुझेको जवाफ दिएका छन। यस्तै कपिलले ट्विटरमार्फत सुनीलसँग माफी पनि मागेका थिए। तर सुनिलले &nbsp;शो ‘कपिल’ को मात्रै भएको आफूले बल्ल बुझेको र आफूहरु जुनसुकै बेला पनि निकालिन सक्ने बताउँदै &nbsp;कपिललाई सफलताको शुभकामना दिएका छन् । एजेन्सी&nbsp;</p>