चैत, काठमाडौं ।

लोक तथा दोहोरी गीतक्षेत्रमा यतिखेरका चर्चित गायक हुन् पशुपति शर्मा । उनले गाएका अधिकांश गीतहरुलाई दर्शक तथा श्रोताले मन पराएको पाईन्छ । स्याङ्जा जिल्लामा जन्मिएका पशुपतिले बि.स. २०५९ सालमा पहिलो गीत बजारमा ल्याएर आफ्नो सांगितीक यात्रा शुरु गरेका हुन् । उनै गायकसँग आर्टिस्ट खबर डटकमले आर्टिस्ट फष्टमा गरेका उनका पहिला कुराहरुः

पहिलो घर

मेरो पहिलो र अहिलेको घर पनि स्याङ्जा जिल्ला पुतली बजार नगरपालीका-३, साउथरमा हो ।

पहिलो स्कुल

म नर्सरीबाटै पढेको स्कुल लिटिल फ्लावर इन्गलिस बोर्डिगं स्कुल हो ।

पहिलो प्रेम

म कक्षा ९ मा पढ्थेँ । त्यतिखेर म सँगै पढ्ने एकजना थिइन् । साह्रै मन पथ्र्यो तर मेरो एकोहोरो माया मात्र थियो । प्रेम प्रस्ताव गर्नै सकिएन यतिकै सकियो मेरो माया ।

बजारमा आएको पहिलो गित

म बि.स. २०५६ सालमा काठमाडौं आएको थिए र बि.स. २०५९ सालमा पहिलो गीत बजारमा ल्याएको हुँ ।

पहिलो कमाई

पोखराको त्रिवेणी दोहोरीसाँझमा गित गाउँने गर्थे त्यहि बेला पहिलो महिनाको तलब ३ हजार हो । त्यो नै पहिलो कमाई हो ।

पहिलो चलेको गित

मैले गाएका केहि गीत मध्ये तिज गीत ‘क्यारम अचम्मै राम्रो नाच्छे मोरीले’ बोलको लोकगीत हो । त्यो समयमा निकै सुनिएको गीत हो । त्यो गीत गाएपछि धेरै दर्शक श्रोताले मलाई चिन्नुभएको थियो ।

पहिलो मोबाइल

बि.सं. २०६० सालमा त्यतिबेला ६ हजार रुपैयामा किनेको थिए नोकियाको सेट ।

पहिलो कमाइको खर्च

मैले पहिलो कमाइले किनेको सामान भनेको मोबाइल नै हो । त्यतिखेर नोकिया को साधारण सेट निकेको थिएँ र बिहे पछि किनेको सामान चाँही बाइक हो ।

पहिलो विदेश भ्रमण

म बि.स. २०६४ मा सांगितीक कार्यक्रमकै लागी कतार गएको थिए । आदरणीय दिदि निशा सुनुवारले मलाई लैजानुभएको थियो । त्यो नै पहिलो बिदेश भ्रमण हो ।

आफ्नो मन परेको मन

अब मन पर्ने भन्ने त धेरै छन्, ति मध्ये नि छानेर नामै लिनु पर्दा ‘जे गर्न नि गाह्रो’ बोलको गीत मलाई साह्रे मन पर्छ ।

आफ्नै गीतमा पहिलो अभिनय

बि.स. २०६५ सालमा ‘मुटु पोल्छ छाती चर्किन्छ’ बोलको आफ्नो गितमा पहिलो पटक अभिनय गरेको थिएँ ।

चलचित्रमा स्वर दिएको पहिलो गीत

मैले चलचित्रमा स्वर दिएको पहिलो गीत चलचित्र ‘ब्रासलेट’ को ‘लेकै जाने लेकाली’ बोलको गीत हो ।

पशुपति शर्मा सँगको आर्टिस्ट फष्ट तलको भिडियोमा पनि हेर्न सक्नुहुनेछ ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।