सलमान-दिपिका बने सबैभन्दा धेरै करतिर्ने अभिनेता-अभिनेत्री

चैत, काठमाडौं ।

बलिउडमा चर्चित अभिनेता सलमान खान सबैभन्दा बढी अग्रिम आयकर तिर्ने कलाकार बनेका छन् । त्यस्तै अभिनेत्री तर्फ दिपिका पादुकोन  अगाडि आएकी छिन् । भारतीय मिडियाहरुका अनुसारमार्च १५ सम्म बलिउड कलाकारहरुले जम्मा गरेको अग्रिम आयकरको तथ्यांक अनुसार सलमानले ४४.५ करोड भारु जम्मा गराएका छन् । त्यस्तै अभिनेत्री तर्फ सबैभन्दा बढी कर तिर्नेमा परेकी दिपिका पादुकोनको यस वर्ष १०.२ करोड अग्रिम आयकर बुझाएकी छिन् ।

यस अनुसार सलमानको कमाई यो वर्ष ३९ प्रतिशतले बढेको छ । सन् २०१५–१६ मा उनले ३२.२ करोड अग्रिम कर बुझाएका थिए । त्यस्तै दिपिकाको यसबर्ष भने मात्र १३ प्रतिशत आम्दानी बढेको देखिएको छ ।

त्यस्तै कमेडियन कपिल शर्माको झन् आम्दानी निकै बढेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ७ करोड बुझाएका कपिलले सन् २०१६–१७ का लागि २३.९ करोड अग्रिम आयकर बुझाएका छन् । यसले उनको आम्दानी ३४१ प्रतिशतले बढेको देखाएको छ । कपिलले अग्रिम आयकर बुझाउने मामिलामा आमिर खान र रणवीर कपुर समेतलाई पछि पारेका छन् ।

अभिनेताहरुमा सलमानपछि बढी करतिर्नेमा दोस्रो स्थानमा अक्षय कुमार रहेका छन् । उनले २९.५ करोड अग्रिम आयकर बुझाएका छन् । गत वर्ष उनले ३० करोड बुझाएका थिए ।

तेस्रो स्थानमा ऋतिक रोशनले २५.५ करोड अग्रिम आयकर बुझाएका छन् । अघिल्लो वर्ष उनले मात्र १४ करोड अग्रिम आयकर बुझाएका थिए । यसले उनको आम्दानी ७४ प्रतिशतले बढेको देखाएको छ । यसवर्ष रणवीर कपुरको आम्दानी घटेको पाइएको छ । अघिल्लो वर्ष २२.३ करोड अग्रिम आयकर बुझाएका उनले यस वर्ष मात्र १६.५ करोड बुझाएका छन् । आमिर खानले यसवर्ष १४.८ करोड अग्रिम आयकर बुझाएका छन् । अघिल्लो वर्ष उनले ९.६ करोड अग्रिम आयकर बुझाएका थिए । करण जोहरले आम्दानीमा ४७३ प्रतिशत बृद्धि गर्दै ११.७ करोड अग्रिम आयकर बुझाएका छन् । अघिल्लो वर्ष उनले २ करोड बुझाएका थिए ।

त्यस्तै अभिनेत्री तर्फ दिपिका पछि बढी कर तिर्नेमा आलिया भट्ट छिन् । उनले यो वर्ष ४.३३ करोड अग्रिम आयकर बुझाएकी छिन् । उनको आम्दानी ४६ प्रतिशतले बढेको पाइएको छ । अघिल्लो वर्ष उनले मात्र २.९ करोड बुझाएकी थिइन् । करिना कपुरको ४४ प्रतिशतले आम्दानी घटेको छ । अघिल्लो वर्ष ७ करोड अग्रिम आयकर बुझाएकी उनले यसवर्ष मात्र ३.९ करोड अग्रिम आयकर बुझाएकी छिन् । (एजेन्सी) ।