सुदुर पश्चिमकी चेली मधुको ब्युटी ब्युटी छ…

चैत, काठमाडौं ।

गायिका मधु क्षेत्रीको ब्युटी ब्युटी छ… बोलको गीत लोक पप गीत स्रोता/दर्शकमाझ आएको छ । सार्वजनिक गितमा मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन् । गीतलाई म्युजिक नेपाल मार्फत युट्यवमा सार्वजनिक गरिएको हो ।

क्रान्ति केसीले निर्देशन गरेको ‘ब्युटी ब्युटी छ…’मा एसराज गहतराज र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् भने उत्सव दाहालले छायाँकन गरेका हुन् । मधुका यसअघि जवानी छल्कियो, आगो पा¥यो, पिरती लगाउन जस्ता गीत दर्शक/स्रोताले अत्याधिक मन पराएका छन् । उनको छिट्टै आउँदै गरेको गीत सुदुर पश्चिम दुई अञ्चल जिल्ला ९ वटा… रहेको छ । यो गीतमा उनलाई मिलन लामाले स्वरमा साथ दिएका छन् ।

गत ७ वर्ष देखि नेपाली गीत, संगीतमा आफ्ना क्रिएशनहरु दिदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यस सम्बन्धि अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदुर पश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह सिंगाल र पदमादेवी सुंगलको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउँने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीतमा रहेको छ । संगीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तित भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहोरी भइरहेको छ; यो राम्रो होइन’, उनी भन्छिन् । देश र देश बाहिरका विभिन्न साङ्गीतीक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै ब्युटी ब्युटी छ…ले स्रोता/दर्शकको औधी माया पाउने दाबी गर्छिन ।