धुर्मुस सुन्तली फाउण्डेशनलाई बोस्टनबाट १४ लाख सहयोग

चैत, काठमाडौं।

धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणमा रहेको महोत्तरीको बर्दिवासमा अवस्थित एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अमेरिकाको बोष्टन बासीले झण्डै १४ लाख रुपैया सहयोग गरेका छन् । बोस्टनमा भएको एक कार्यम्रममा उपस्थित भएका १३१ जना सहयोगीहरुले  फाउण्डेशनलाई जम्मा १३ लाख ८८ हजार १ सय रुपैया सहयोग प्रदान गरेका छन्। ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रमको आयोजना गदै बोस्टन बासीले फाउण्डेशनको सामाजिक कार्यमा सहकार्य गदै उक्त सहयोग संकलन गरेको हुन्। उत्त अभियानले फाउण्डेशनलाई दुई किस्तामा सहयोग रकम पठाएको छ । कार्यक्रमबाट पहिलो पटक ५ लाख १४ हजार ५ सय पठाईएको थियो भने शुक्रबार ८ लाख ७३ हजार ६ सय रुपैया पठाएको छ । सहयोग पठाएको जानकारी दिदैं अभियानका सहयोगी सुरेश वाग्लेले फाउण्डेशनलाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए ।

‘मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फाउण्डेशनले थालेको अभियानलाई बोष्टन बासीले आत्मसाथ गदै सहयोग संकलन गरेका हुन् । कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीका कलाकारहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले  नसोचेको सहयोग प्रप्त भएको बताउदै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् । फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको अहिले अन्तिम चरणको काम भईरहेको छ । फाउण्डेशनले नया बर्षमा बस्ती हस्तान्तरण गर्ने बताईरहेको हुनाले पनि अहिले फाउण्डेशन बस्ती छिट्टै सक्काउने तयारी गरिरहेको छ । समय कम भएकाले पनि फाउण्डेशनले कामलाई निकै तिब्रताका साथ अगाडी बढाईरहेको परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताएका छन् । उनले बस्तीको लगभग निर्माण कार्य अन्तिम चरणमा रहेको र नया बर्षमा बस्ति हस्तान्तरण हुनेकुरामा ढुक्क रहन समेत सुझाएका छन् ।