१३ हजार गीत गाईसकेका राजु परियार भन्छन्, मन खाएको गीत अझै गाउन पाएको छैन

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक हुन् राजु परियार &nbsp;। उनले अहिलेसम्म १३ हजार गीतहरुमा स्वर दिइसकेका छन् । सुमधुर स्वर भएका राजु लोक तथा दोहोरी गीतको क्षेत्रमा निकै पुराना गायकको रुपमा चिनिन्छन् ।</p><p style="text-align: justify; ">आफुले चिलाउनेको पात बजाएर गायन क्षेत्रमा प्रवेश गरेको बताउने राजुले अझै पनि आफु गायक नभइसकेको बताउँछन् । उनले आफुले अझै पनि धेरै कुरा सिक्नुबाँकी रहेको र पुर्णरुपमा गायक नभएको बताएका हुन् ।</p><blockquote style="text-align: justify; "><i><font color="#e76363">हजारौं गीत गाएका राजुले आफुले संख्या बढाउनका लागी मात्र यतिधेरै गीत गाएको हैन भन्ने गरेका छन् । उनले अझैपनि आफ्नो मन खाएको गीत गाउन नपाएको बताउँछन् ।</font></i></blockquote><p style="text-align: justify; ">मैले यतिधेरै गीत त गाएँ तर मेरो मनमा लागेको गीत अझै पाउन सकेको छैन । यस्तो गीत होस् जुन गीतले नेपाली संस्कृति बोकेको होस् त्यो गीत गाउँदासाँच्चिनै यो गीतले नेपाली पन दिएको छ भन्ने भान होस्, त्यस्तो गीत गाउने मन छ, राजुले भने । लामो समय लोकगीतकै क्षेत्रमा आफ्नो जीवन ब्यतित गरेका राजु बिचमा केहि बर्ष हराएका थिए । अहिले एकबर्ष यताबाट पुनः गायनक्षेत्रमा सक्रिए भएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;</p>