असार, काठमाडौं ।
आजसम्म आवश्यक ठानिन्, आई लभ यू को उत्तरै जानिन्
उखु पेले गुलियो, तोरी पेले तेल
पढ्न लेख्न भईन म कहिल्यै पनि फेल त बुझन् कठिन रहेछ पिरतीको विषय,
जहिले पनि फेल म त जहिले पनि फेल ।
यहाँ उल्लेख गरीएका शब्द पढ्दा पक्कै पनि जो कोहिलाई रमाइलो लाग्छ । यी शब्द यहाँ हामीले मात्र उल्लेख गरेका भने होईनौं । नेपाली लोकगित क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउँदै आएकी गायिका मुना थापाको भर्खर मात्र बजारमा आएको रमाईलो गितको एक अंश मात्र हो ।
लाखौं दर्शक तथा स्रोताको लोकप्रिय गायिकाको रुपमा चिनिएकी मुनाथापाको प्राय गितहरु चर्चित भएको पाईन्छ । यसपटक पनि गायिका मुना थापाले बसन्त थापाको शब्द सिर्जनमालाई बजारमा ल्याएकि हुन् । यस्तै मुनाथापाको साथमा चर्चित गायक रामजी खाँणले स्वरमा साथ दिएका छन् ।
पिरतीमा फेल भन्ने निकै रमाईलो शब्द मिर्साइएको म्युजीक भिडियोमा गायक रामजी खाँण र पार्वती राईको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।
Video